Ad Area

सर्वोदय बाल क्लवद्धारा एसईई उतिर्णलाई सम्मान


दाङ,४ भदौ । दाङको घोराही १४ र १५ पर्ने रहेको सर्वोदय बाल क्वलले २०७९ सालमा एसईई उतिर्ण गर्ने आफ्ना क्लवका सस्दस्यहरुलाई सम्मान गरेको छ ।

क्लवका अध्यक्ष श्रीज्वल योगीको अध्यक्षता तथा घोराही १५ नंम्वर वडाका कार्यवाहक अध्यक्ष माधव श्रेष्ठको प्रमुख आतिथ्यता एवं सिद्धार्थ गौतम नगर टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी एसईई उतिर्ण गर्ने विद्यार्थिहरुलाई सम्मान तथा तिजको शुभकामना आदनप्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले बाल क्लवको चौतर्फी विकासका लागी वडा सरकारले सधै आफ्नो तर्फबाट साथ र सहयोग गर्ने बताउनु भयो । उहाँले बाल क्लवका सस्दस्यहरुको सार्वागिन विकासलाई प्राथमिकतामा राख्दै संरचनागत पक्षको विकासलाई पनि गम्भिरताका हेर्न आवश्यक रहेको बताउनु भयो ।

विशिष्ठ अतिथी टोलका अध्यक्ष आचार्यले बालबालिका र बाल क्लवलाई क्रियाशिल बनाउन अभिभावक तथा टोल विकास संस्थाको अह्म भुमिका रहने बताउनुभयो । बाल क्लवलाई सफल बनाउन टोल विकास संस्थाले अभिभावकिय भुमिका खेल्दा सर्वोदय बाल क्लव सफलताको उदारहण बन्न सफल भएको भन्दै एसईई उतिर्ण गर्ने क्लव सदस्यहरुलाई बधाई तथा आउदै गरेको जितको शुभकामना दिनुभयो ।

यस्तै कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायन भुषाल, नगरस्तरिय बाल सञ्जालका अध्यक्ष लक्ष्मी श्रेष्ठ, क्लवका सल्लाहकार नवीन श्रेष्ठलगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा एसईईमा उतिर्ण हुने क्लवका सदस्य हिमाल सुवेदी, श्रीज्वल योगी, आशिष विक, दर्शना रेग्मी, आराधना नेपाली, सफल गौतम र आशिष विकलाई सम्मान पत्रले सम्मान पत्र प्रदान गरिएको हो । क्लवका सदस्यमध्ये सफल गौतमले सबैभन्दा धेरै ३।७५ जिपिए ल्याउनु भएको थियो । क्लवका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव नुजल आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad