Ad Area

एकीकृत समाजवादीले जिल्लाका तीनवटै क्षेत्रमा प्रशिक्षण


दाङ,६ भदौ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा बिशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

आज क्षेत्र नं ३ को तुलसीपुर उद्योग बाणिज्य संघको हलमा क्षेत्र नं ३ कि सचिव सुसिला न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिब भागवत बिस्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा माननीय स्वास्थ्य राज्यमन्त्री एवम पार्टी केन्द्रीय सदस्य हिराचन्द्र केसी सहितका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय परिसद सदस्य लिलाधर डाँगीको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बिश्वासि, स्वास्थ्य राज्य मन्त्री केसी , केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज जोग बहादुर राणा , दाङ जिल्ला अध्यक्ष सुरामणि बेलबासे लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण कार्यालय सदस्य दिल बहादुर पुनले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad