Ad Area

गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा सुुरू


दाङ,७ भदौ । दाङको गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले मंगलवार अल्ट्रा साउण्ड मेसिनको उद्घाटन गर्दै सेवा संचालन गरेका हुन

स्थानीयस्तरमा अल्ट्रासाउण्ड सेवा नहुँदा गढवा गाउँपालिकाभित्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गराउन लमही,घोराही लगाएतको ठाउँमा जानुपर्ने बाध्यता थियो ।अल्ट्रा साउण्ड मेसिन संचालनमा भएसंगै अब गर्भवती महिलाले गाउंमै निशुल्क भिडियो एक्सरे सेवा पाउनेछन।

मन्त्री थारुले डिजिटल एक्सरे मेसिन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई हस्तान्तरण गर्नुभयो । गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकी, गंगाप्रसपुर स्वास्थ्य चौकी र गोवरडिहा स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा संचालनमा छन

Blog Post Ad Blog Post Ad