Ad Area

दाङबाट ब्राउन सुगरसहित दुई जना पक्राउ


दाङ,९ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका २२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका–५ लोकनगर घरभैइ हाल तुलसीपुर उपमहानगरपालिका–६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मानबहादुर गन्धर्व रहेका छन् ।

गन्धर्वलाई सोधपुछ गर्दा उक्त लागुऔषध तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निवासी ३० वर्षीय अनिल विकसँग खरिद गरेको भन्ने बयान दिएपछि विकलाई पनि पक्राउ गरिएको थियो ।

गन्धर्वलाई तुलसीपुरको गार्डेन मार्ट नजिकबाट र विकलाई तुलसीपुरको ‘ग’ लाईनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad