Ad Area

असईमा नाम निकाल्न सफल आफ्ना विद्यार्थीलाई पाठशाला एजुकेशनद्वारा सम्मान


घोराही, १० भदौ । विभिन्न आयोगका तयारी कक्षा तथा भाषा कक्षामा विशिष्ट भूमिका खेल्दै आएको दाङको घोराही १५ स्थित पाठशाला एजुकेशनले प्रहरी सहायक निरीक्षक (असई) मा नाम निकाल्न सफल भएकाहरुलाई सम्मान गरेको छ ।

पाठशाला एजुकेशनले असईमा नाम निकाल्न सफल भएका उम्मेदवारलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । पाठशालामा असइको कक्षा तयारी गरी सफल भएका टिकाराम केसी, सुमन शेर्पाइली, जनक सुनार र गोविन्द डाँगीलाई सम्मान गरेको हो ।

राप्ती क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी पास गराउँदै आएका पाठशाला एजुकेशनले असई कक्षाको तयारी गरेकामध्ये धेरै पास भएको दावी पनि गरेको छ । पाठशाला एजुकेसनका प्रबन्ध निर्देशक दीपक न्यौपानेले सफल भएकाहरुलाई सम्मान गरेका थिए । पाठशाला एजुकेशनमा आवद्ध भएर आफुहरुले प्राप्त गरेको ज्ञान र अनुभव असर्इ बन्न सफल टिकाराम केसी र जनक सुनारले व्यक्त गरेका थिए ।

लोकसेवाको तयारी गरिरहेका अरु विद्यार्थीहरुलाई पठनशैली र आफ्नो अनुभव समेत सुनाएका थिए । दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट अध्यापन गराउँदै आएको पाठशाला एजुकेशनले लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न भाषा तथा शैक्षिक कक्षाहरु संचालन गर्दै आएको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad