Ad Area

सेवा घरमा रक्तदान


दाङ,६ कार्तिक । दाङमा व्लडको अभाव हुन नदिनका लागि शनिवार घोराहीमा रक्तदान गरिएको छ । मानव कल्याण समाज सेवा घरको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।

मानव कल्याण समाज (सेवा घर)का केन्द्रीय सस्थापक सचिव बिजय पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले राज्यले गर्नुपर्ने काम सेवा घरका माध्यमबाट मानव कल्याण समाजले गरेर उदाहरणीय प्रस्तुत गरेको बताए ।

घरपरिवारले सम्हाल्न नसकेर सडकमा आएका मानिसहरुलाई सेवा दिएर घोराही उपमहानगरपालिकालाई सडक मानव मुक्त नगर बनाउन सस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । नगर प्रमुख चौधरीले सेवाघरलाई उपचारसहितको सेवा बनाउने गरि सस्थालाई लाग्न आग्रह गर्दै त्यसका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका ५ का अध्यक्ष बिष्णुमणि दाहाल र घोराही उपमहानगरपालिका १४ अध्यक्ष शक्तिराम डागीलगायले सडक जीवन बिताइरहेका मानिसहरुलाई उद्दार गरेर सस्थाले मानवीय सेवाको काम गरेको बताए । उनीहरुले राम्रो काम गर्ने सस्थालाई आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताएका थिए । उनीहरुले मानवसेवामा समर्पित सस्थाले रक्तदान गरेर महत्वपूर्ण काम गरेको बताएका थिए ।

कार्यक्रममा सस्थाका केन्द्रीय सचिव बिजय पोख्रेलले मानवताको समाज निर्माण गर्ने उद्देश्यले घोराहीमा सेवा घर अघि बढेको बताए । उनले यस क्रममा घोराहीलगायतका जिल्लाका विभिन्न स्थानबाट करीब एक सय बढी सडक मानवहरुको उद्दार गरिएको र त्यस मध्य ३० जनालाई उद्धारपछि उपचारपछि घरमै पुनःमिलन गरिएको बताए ।

Blog Post Ad

त्यस्तै अन्य ३० जनालाई सडकबाटै स्थानीय जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा परिवारमा पठाएको सस्थापक सचिव पोख्रेलले बताउ । उनका अनुसार हाल सेवा घरमा ४० जना असाय,अशक्त तथा अपांगगता भएका नागरिकहरु रहेका छन् । सस्थाले देशका विभिन्न ठाउँहरुमा सेवा घरमा माध्यमबाट सडक जीवन विताइरहेका नागरिकहरुको उद्धार गरेर सेवाको काम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण सुस्मिता श्रेष्ठले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad