Ad Area

चलचित्र मञ्जिलको च्यारेटी सो गरिने


दाङ,६ कार्तिक । नेपाली कथानक चलचित्र ‘मञ्जिल’ को यहि कार्तिक १३ गते च्यारेटी सो गरिने भएको छ । चलचित्र निर्माण पक्षले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर च्यारेटी सो बारे जानकारी गराएको हो ।

घोराहीमा रहेको स्वर्गद्धारी चलचित्र मन्दिरमा च्यारेटी सो गरिने भएको छ । अमर युनिक ईन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘मञ्जिल’मा कलाकार धिरेन शाक्य, सागर खनाल, एलिशा बास्तोला, शशी शर्मा मजगैयाँ, रोशी श्रेष्ठ, अमर घर्ती, निमा घर्ती, कविता घर्ती, बिजया हमाल, प्रकाश थापा, सुभेष नेपाल, उजेश न्यौपाने, आयुष वली, लोकराज पराजुली, जीवा भुषाल, जगत दर्लामीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको गेष्ठ कलाकारमा सुप्रिया पाण्डेय रहेकी छिन । चलचित्र सस्पेन्स प्रेम कथासँगै सामाजिक, पारिवारिक विषयवस्तुलाई समेटेरनिर्माण गरिएको चलचित्रका निर्देशक सन्देश शाहले बताए । उनका अनुसार चलचित्र दाङको धारापानी, बाह्रकुने, बंगलाचुली, अम्किेश्वरी, प्युठानको स्वर्गद्धारीलगायतका विभिन्न पर्यटकिय स्थलहरुमा छायांकन गरिएको छ ।

चलचित्रमा प्रेम कथासँगै सामाजिक विषयवस्तुलाई समेट्नुका साथै नयाँ ठाउँमा चलचित्रको छायाकन गरेर दाङसँगै राप्तीको पर्यटनको विकासमा चलचित्रले सहयोग पु¥याउने निर्देशक शाहले बताए । उनका अनुसार अहिले चलचित्रको च्यारटी सो गर्न थालिएपनि केही समयपछि अल नेपाल रिलिज गरिने छ ।

चलचित्र निर्माणमा ७० लाख बढी खर्च लागेको चलचित्रका प्रोडक्सन म्यानेजर नारायण नेपालले जानकारी दिएका छन् । चलचित्रको निर्देशन तथा सम्पादन सन्देश शाहले गरेका छन । चलचित्रको कथा तथा स्कृप्ट माधव शर्मा, संगीत ज्ञानेन्द्र गिरी र मदन खनालको रहेको छ । त्यसैगरी चलचित्रको निर्मातामा अमर घर्ती, सहनिर्माता स्व.धनमती घर्ती,सहनिर्देशकमा महेश घर्तीमगर, प्रोडक्सन म्यानेजर नारायण नेपाल, कोरियोग्राफरमा कमल भक्त, क्यामेरा चिफमा बाबु श्रेष्ठ, भिडियो मिक्सिङ सत्यम राना, साउण्ड मिक्सिङमा मुकेश शाह र चलचित्रको व्यागराउण्ड म्युजिक महेशविक्रम पाण्डेयको रहेको छ ।

Blog Post Ad

गत फागुनमा चलचित्रको छायाकन सुरु भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण चलचित्रको छायाकनमा ढिलाई भएको चलचित्रका निर्देशकसन्देश शाहले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा नायक सागर खनाल, निर्देशक सन्देश शाह, निर्माता अमर घर्ती ‘यूनिक’, कलाकारहरु शशी शर्मा मजगैया, लोकराज पराजुली, जीवा भुसाललगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad