Ad Area

चार जिल्लामा ५ वर्षमा ४२ स्वास्थ्य भवन निर्माण


घोराही, ११ भदौ । एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमअन्तर्गत बितेको ५ वर्षको समयमा साविक राप्तीका ४ जिल्लामा ४२ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । भवन निर्माणसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको छ ।

भवन निर्माणले प्रभावकारीसँगै गुणस्तरीय सेवा दिन सहयोग गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७८÷०७९ सम्ममा साविक राप्तीका दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुममा ४२ वटा स्वास्थ्य भवन निर्माण भएका छन । सघन सहरी तथा भवन निर्माण आयोजना दाङले एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्था भवन निर्माण गर्दै आएको छ ।

कार्यक्रम अनुसार हालसम्म दाङमा १२ वटा, प्यूठानमा १३ वटा, रोल्पामा १४ वटा र पूर्वी रुकुममा ४ वटा स्वास्थ्य भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका सूचना अधिकारी इन्जिनियर संजीवकुमार शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्वास्थ्य सस्था भवन निर्माणका लागि हालसम्म १ अर्ब २० करोड ८८ लाख १७ हजार खर्च भएको छ ।

सूचनाअधिकारी शाहका अनुसार दाङमा १२ वटा स्वास्थ्य भवन निर्माणका लागि २७ करोड ५ लाख ३४ हजार ९ सय ५० रूपैयाँ ४९ पैसा खर्च भएको छ । उहाँका अनुसार दाङमा गंगापुस्पुर स्वास्थ्य चौकी, हलवार स्वास्थ्य चौकी, गोल्टाकुरी स्वास्थ्य चौकीको नयाँ भवन, रामपुर स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, सिसहनिया स्वास्थ्य चौकीको नया भवन, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा ४ परिवार नर्सिङ क्वाटर, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा १२ परिवार नर्सिङ क्वाटर, राप्ती उपक्षेत्रीय अस्पतामा १२ परिवार नर्सिङ परिवार क्वाटर, कोइलाबास स्वास्थ्य चौकीमा २ परिवार अनमी क्वाटर, धनौरी स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण, राप्ती अञ्चल तुलसीपुरमा ८ परिवार डाक्टर क्वाटर निर्माण गरिएको छ ।

रुकुम पूर्वमा ४ वटा स्वास्थ्य भवन निर्माणका लागि ९ करोड ७२ लाख ७५ हजार ६ सय ४३ रूपैयाँ खर्च भएको छ । रुकुम पूर्वमा प्वाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण, काँडा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण, मोरावाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण, हुकाम स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो । रोल्पामा १४ वटा स्वास्थ्य भवन निर्माणका लागि ५७ करोड १९ लाख ७३ हजार ६ सय ५ रूपैयाँ खर्च भएको छ । रोल्पामा खुंग्री स्वास्थ्य चौकीको नयाँ भवन, राक स्वास्थ्य चौकीको नयाँ भवन, वडाचौर स्वास्थ्य चौकीको नयाँ भवन, जिल्ला अस्पताल भवन, मसिना स्वास्थ्य चौकीको नयाँ भवन, करेटी स्वास्थ्य चौकीको नयाँ भवन, कोर्चावाङ स्वास्थ्य चौकीको नयाँ भवन, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र नयाँ भवन, घर्तीगाउँ स्वास्थ्य चौकीको नया भवन, नेर्पा (जुँगार) स्वास्थ्य चौकीको नयाँ भवन, गाम स्वास्थ्य चौकीको नयाँ भवन, केबरी (इरिवाङ) स्वास्थ्य चौकीको नयाँ भवन, दुविडाँडा स्वास्थ्य चौकीको नयाँ भवन, बुढागाउँ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएका छन् ।

प्यूठानमा १३ वटा स्वास्थ्य भवन निर्माण लागि २६ करोड ९० लाख ३३ हजार ४ सय ७१ रूपैयाँ खर्च भएको छ । प्यूठानमा बाङ्गेसाल स्वास्थ्य चौकीको नयाँ भवन, पकला स्वास्थ्य चौकीको नयाँ भवन, तिराम स्वास्थ्य चौकीको नयाँ भवन, डाम्री स्वास्थ्य चौकीको नयाँ भवन, तोरवाङ स्वास्थ्य चौकीको नयाँ भवन, लिवाङ स्वास्थ्य चौकीको नयाँ भवन, उदयपुरकोट स्वास्थ्य चौकीको नयाँ भवन, ढुङ्गेगढी स्वास्थ्य संस्थामा बर्थिङ युनिट भवन, पूजा स्वास्थ्य चौकी भवन, नारीकोट स्वास्थ्य चौकी भवन, खबाङ स्वास्थ्य चौकी भवन, बादीकोट स्वास्थ्य चौकी भवन र हंसपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर भवन निर्माणको काम भैरहेकाले पाँच बर्षको अवधिमा ४२ वटा स्वास्थ्य सस्थाका भवनहरु निर्माण भएको बताउनुभयो । भवन निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहजता भएको छ । भवन नहुँदा सानो तथा पुराना भवनबाट स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad