Ad Area

प्रेम विवशको ‘नास सारी सरक्क’ ले दर्शकको मन जित्दै


दाङ,११ भदौ । लोक गायक तथा सञ्चारकर्मी प्रेमविवश घर्तीको तीजको गीत ‘नास सारी सरक्क’ ले सबै दर्शक स्रोताको मन जितेको छ ।

गायक घर्ती र चर्चित गायीका टिका पुनको स्वरमा रहेको तीज गीत गाउँ घरमा सामान्य बोली चालीकोको भाषामा बोलिने शब्दहरु समेटेर तयार गरिएको गीत भएकाले दर्शक–श्रोताहरुको मन जित्दै गएको हो । जसले गर्दा गीतमा धेरैले टिकटक भिडियो समेत बनेको गायक प्रेमविवश घर्तीले बताएका छन् । गीत सबैलाई नचाउने खालको साथै नारीप्रति सधैं सम्मान हुनुपर्छ भन्ने संदेश गीतले दिएको गायक घर्तीले बताए ।

दिपक कुमालको शब्द, गायक घर्तीको संगीतमा रहेका ‘नास सारी सरक्क’ गीतको शिव विकले निर्देशन गरेका छन । शिव फिल्मसबाट बजारमा आएको गीतको म्युजिक भिडियोमा गायक स्वयंम घर्ती, सर्मीला बुढा, अर्जुन सिलवाल र स्थर सुनामले मोडलिङ गरेका छन् ।

गीत मारुणी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । केशब बडुको संगीत संयोजनमा रहेको गीतको भिडियो एडिट मिलन विश्वकर्मा र पदम सुबेदीले गरेका छन । २०६२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर विभिन्न लोक तथा दोहोरो गीत रेकर्ड गर्दै आएका घर्तीले २०७१ सालदेखि निरन्तर तीज गीत बजारमा ल्याइरहेका छन भने दर्जनौ लोकदोहोरी गीत पनि बजारमा ल्याईसकेका छन । सुन्दरादेवी राष्ट्रिय म्युजिक अवार्ड र दोस्रो ब्राण्ड राष्ट्रिय म्युजिक अवार्ड प्राप्त गरिसकेका घर्तीको ‘हाम्रो नेपाल, राम्रो नेपाल नामक राष्ट्रिय गीत पनि निकै लोक प्रिय बनेको थियो ।

Blog Post Ad Blog Post Ad