Ad Area

दाङमा चट्याङ लागेर दुई किशोरीको घटनास्थलमै मृत्यु, ९ घाईते


घोराही, १५ भदौ   । दाङमा चट्याङ लागेर दुई किशोरीको घटनास्थलमै मृत्यु भएको छ । अन्य ९ जना घाईते भएका छन् । मंगलबार राति तीजको नाचगान गरिरहेका बेला परेको चट्याङका कारण उनीहरुको मत्युभएको हो भने अरु ९ जना घाईते भएका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका–१२ गुरौको सालडाँडामा स्थानीय कुलबीर बुढाको घर आँगनमा राती नाचगान जिको नाचगान भईरहेको अबस्थामा चट्याङ लागेर २ जना किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए ।  उक्त घटनामा परि वर्ष १९ कि दीपा घर्ती र वर्ष १९ कि मनिषा शाहको मृत्युु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले पुष्टि गरे ।

घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन समय लागेको थियो । घटना स्थलमा प्रहरी पुगिसकेको उनले बताए । चट्याङ लागेर  घाईते हुृनेमा वर्ष १५ की निरुता शाह, वर्ष १५ की जयन्ति घर्ती, वर्ष १६ की यामुसरी थापा, बर्ष ३८ की यम कुमारी शाह रहेका छन् । उनीहरुलाई डोकोमा राखी उपचारका लागी ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, सामान्य घाइते हुनेहरुमा वर्ष १४  की अन्जना घर्ती, वर्ष ३८  की बेलकुमारी घर्ती, वर्ष १५  की साबित्रा वली, वर्ष ४२  की मनकुमारी वली, वर्ष ४  की जेनिशा शाह रहेका छन् । घटना स्थल दाङ घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरबाट  ४ घण्टाको पैदल दुरिमा रहेको छ । जसका कारण घटना बारे ढिलो जानकारी प्राप्त भएको प्रहरीको भनाई छ । घटना बारे थाहा पाएपछि घोराही १२ का वडा अध्यक्ष द्रोर्ण बहकरी प्रहरी टोलीका साथ घटना स्थल पुगेका छन् ।

यो घटना हिजो बेलुकी करीव ८ बजेतिरको हो । पानी ठूलो परेको र फोन सम्पर्क नभएपछि ढिला गरी आफु लाई जानकारी आएको वडाअध्यक्ष द्रोर्ण बहकरीले बताए । ‘ घटना भएपछि सबै रुवाबासी चल्यो, पानी ठूलो परेकाले खबर गर्ने अवस्था पनि मिलेनछ । बिहान खबर आउनासाथ प्रहरीलाई खबर गरेर बिहान साढे १० बजेमात्रै साढे ३ घण्टा पैदल हिँडेर घटना स्थल आईपुगेका हौँ,’ वडाअध्यक्ष बहकरीले भने ।

घटनामा घाईते भएकाहरुलाई डोकोमा बोकेर साढे ३ घण्टापछि तल बाटोमा पुर्याएको उनले बताए । घोराहीबाट २ वटा एम्बुलेन्सले अहिले घाईतेहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन लागेको उनको भनाई छ । घटना भएपछि गुरौँ गाउँ अहिले शोकमा डुबेको छ । रोल्पा र दाङको सीमा क्षेत्रमा पर्ने गुरौँ गाउँ बिकट भएकाले आधारभूत सेवा सुविधा पाउन निकै कठिन रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad