Ad Area

कांग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस


घोराही, १६ भदौ ।  नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश क र ख ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रदेश क बाट प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पान्डे, नुमानन्द सुवेदी, लक्ष्मण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदिपराज शर्माको नाम पनि राय सुझावको लागि क्षेत्रमा सिफारिस गरिएको छ । समानुपातिकतर्फ अनुराग यादव र यशोदा चौधरीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ नै लोकराज केसी र श्रीपत चौधरीलाई उपयुक्त उम्मेदवार भनि राय पठाईएको छ ।

त्यस्तै प्रदेश ख बाट प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत, बासुदेव जंगली, मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य, पवन नेपालीको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश ख को समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने, लोका विश्वकर्मा, देवका बेल्बासे, पवन कुमार यादव, रेशम बहादुर बुढा, खीमा अधिकारी, माधव चौधरी, ताराप्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्गबहादुर विक, गोपाल नेपाली सिफारिस सूचीमा अटाएका छन् ।

Blog Post Ad Blog Post Ad