Ad Area

आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने


दाङ,१७ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङ आईटिएफ तेक्वान्दो खेलको जिल्लास्तरीय छनौट प्रतियोगिता भोलि शनिबार हुने भएको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको समन्वयमा खेलाडी छनोट प्रतियोगिता हुन थालेको हो ।

घोराहीस्थीत नारायण सल्यानी स्मृति भवनमा हुने जिल्लास्तरीय छनोट प्रतियोगितामा ८०-९० जनासम्म खेलाडीहरुको सहभागीता रहने दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार छ्नोट प्रतियोगिता शनिबार बिहान ८ बजेदेखि सुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

Blog Post Ad Blog Post Ad