Ad Area

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दाङमा खेलाडी छनोट सुरु


दाङ, १८ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गर्दा जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधिहरू बढ्न थालेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि विभिन्न तयारी तथा छनोट प्रतियोगिताहरू भइरहेका छन् ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट चरण अन्तर्गत दाङ जिल्लामा हालसम्म क्रिकेट टोली छनोट भएको छ । भदौको ९ र १० गते घोराहीको गुलरिया क्रिकेट मैदानमा भएको छनोट खेलबाट राजवीर सिंहको कप्तानीमा नवौं राष्ट्रिय खेलको लागि दाङ जिल्ला पुरुष क्रिकेट टिम छनोट भएको थियो ।

अन्य खेलहरूमा शनिवारदेखि खेलाडी छनोट सुरु भएको छ । तेक्वान्दो, कराँते, बक्सिङ, टेबल टेनिस, शारीरिक सुगठन, ंबुद्धिचाल, रग्बी, भलिबल, एथ्लेटिक्स, कबड्डी, ह्याण्डबल, बास्केटबल, उसु, साइकिलिङ, सुटिङ, भारोत्तोलन, जुडो, फुटबल, फुलकन्ट्याक कराँते, सफ्ट टेनिस र आइटिएफ तेक्वान्दोलगायतका खेलहरूमा खेलाडी छनोट गरिन थालेको दाङ जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । छनोट प्रतियोगिताका खेलाहरू जिल्लाको घोराही, तुलसीपुर, लमही र बेलझुण्डीमा हुनेछ ।

दाङ आइटिएफ तेक्वान्दो खेलको जिल्लास्तरीय छनोट प्रतियोगिता शनिवार घोराहीमा हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति दाङको आयोजना तथा दाङ आइटिएफ तेक्वान्दो संघको समन्वयमा खेलाडी छनोट प्रतियोगिता हुनथालेको हो ।

घोराहीको नारायण सल्यानी स्मृति भवनमा हुने जिल्ला स्तरीय छनोट प्रतियोगितामा ८०÷९० जनासम्म खेलाडीहरूको सहभागिता रहने दाङ आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाकाअनुसार छनोट प्रतियोगीबाट २५ जना महिला तथा पुरुष खेलाडी छनोट हुनेछन् । छ्नोट प्रतियोगिता शनिवार बिहान ८ बजेदेखि सुरु हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोजको २८ गतेदेखि कार्तिकको ४ गतेसम्म सञ्चालन हुँदैछ ।

३६ खेल खेलाइने

Blog Post Ad

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलहरू खेलाइने भएको छ । जसअन्तर्गत फुटबल, क्रिकेट, टेनिस, एथ्लेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्यास्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै ह्याण्डबल, जुडो, कुस्ती, फुटबल, कराँते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइकिलिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ प्रतियोगिता छन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताए । मन्त्रालयकाअनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले सहयोग पु¥याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ ।

प्रतियोगिताअन्तर्गत् १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ ।

दाङमा प्रदेश स्तरीय तेक्वानदो संघको प्रशिक्षण

यसैबीच नेपाल तेक्वानदो संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम दाङको तुलसीपुरमा विहीवार सम्पन्न गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका ७० बढी खेलाडी र रेफ्रीहरूको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो रेफ्री तथा रेफ्री रिफ्रेसर सेमिनार कार्यक्रममा मुख्य प्रशिक्षकमा नेपाल तेक्वानदो संघका संस्थापक तथा वर्तमान महासचिव दीपराज गुरुङ रहेका थिए ।

यसैगरी प्रशिक्षकहरूमा प्राविधिक सल्लाहकार टार्जन सुब्बा, सुमन घले, भीम विकलगायतका रहेका थिए । लुम्बिनी प्रदेशसका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा तेक्वानदो संघका संस्थापक तथा वर्तमान महासचिव दीपराज गुरुङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष जितबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनारले गरेका थिए ।

Blog Post Ad Blog Post Ad