Ad Area

सल्यानमा जीप दुर्घटना, ८ जना यात्रु घाइते !


सल्यान ७, कार्तिक । सल्यानमा आईतबार बिहान जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् ।

आइतबार विहान करिव ८ बजे सल्यानको बागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नम्बरको जीप कपुरकोट ३ स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घाइते हुनेहरुको पहिचान पनि खुलेको प्रहरी निरिक्षक पौडेलले बताए । उनका अनुसार दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेत, बागचौर नगरपालिका वडा न १ सल्यान निवासी १४ वर्षीय आयुष बस्नेत, २२ वर्षीय मनोज बस्नेत, वागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सिता वली, २८ वर्षीया बविता रावल र उनकीे ११ वर्षीया छोरी आसिका रेउले तथा गाडी चालक वागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुन मगर घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही पालिका वडा नम्बर २ कै १९ वर्षीय अर्जुन केसीको अवस्था भने सामान्य छ । उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करीव एक सय मिटर तल खोल्सामा खसेको छ । प्रहरीका अनुसार घाईतेहरुको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

Blog Post Ad Blog Post Ad