Ad Area

दाङमा आईटिएफ तेक्वान्दोका खेलाडी छनोट


दाङ,१९ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङमा आईटिएफ तेक्वान्दोका खेलाडीहरु छनोट भएका छन् । यहि भदौको १८ गते शनिवार घोराहीमा भएको जिल्लास्तरीय छनौट प्रतियोगिताबाट १८ जना खेलाडीहरु छनोट भएका छन् ।जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको समन्वयमा भएको प्रतियोगिताबाट महिला ७ र पुरुष ११ जना खेलाडीहरु छनोट भएका हुन ।

जस अनुसार ४५–४९ केजी तौल समूहमा सन्तोष बुढामगर, ५०–५४ केजी तौल समूहमा अर्जुन नेपाली, ५५–५९ केजी तौल समूहमा सुवास कुमाल, ६०–६४ केजी तौल समूहमा सरोज बुढामगर, ६५–६९ केजी तौल समूहमा अर्जुन घिमिरे, ७०–७४ केजी तौल समूहमा सविन बुढामगर, ८०–८४ केजी तौल समूहमा निशान्त अधिकारी, ८५ प्लसमा अनुराग रोका र पुरुष प्याटनतर्फ विपिन रोका छनोट भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

त्यसैगरी महिला खेलाडीतर्फ ४०–४४ केजी तौल समूहमा सृष्टि योगी, ४५–४९ केजी तौल समूहमा सविना बुढामगर, ५०–५४ केजी तौल समूहमा दिपिका गिरी, ५५–५९ केजी तौल समूहमा अमृता घर्तीमगर, ६०–६४ केजी तौल समूहमा बन्धना चौधरी, ६५ प्लसमा संञ्चीता पुनमगर र महिला प्याटनतर्फ अनिसा घिमिरे रहेका छन् ।

घोराहीस्थीत नारायण सल्यानी स्मृति भवनमा भएको छनोट प्रतियोगितामा करिव ९० जना बढी खेलाडीहरुको सहभागीता रहेको थियो । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले आउने असोज २८ देखि कार्तिकको ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि लुम्विनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनुपर्नेछ । छनोट प्रतियोगिता दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य तथा छनोट प्रतियोगिताका संयोजक रवि श्रेष्ठको उपस्थीतिमा भएको थियोृ ।

Blog Post Ad Blog Post Ad