Ad Area

दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते


दाङ, १९ भदौ । दाङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही–घोराही सडकअन्तर्गत घोराही उपमहानगरपालिका–३ मसोट नजिक यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

दाङको तुलसीपुरबाट बुटवल जादै गरेको ना ५ ख ८९२० नम्बरको यात्रुवहाक बस अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिएका छन् । दुर्घटनामा सहचालक राप्ती गाउँपालिका ४ निवासी ४२ वर्षीय किशोर चौधरी र राप्ती गाउँपलिका ६ निवासी ३५ बर्षीय श्यामकुमार चौधरी घाइते भएका छन् ।

उनीहरु मध्य किशोर चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको प्रहरीले बताएको छ । अर्का घाइते सामान्य उपचार पश्चात डिस्र्चाज भएको प्रहरीले बताएको छ । बस चालक बिनोद चौधरी फरार रहेकोमा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । बसमा ३०÷३५ जना यात्रुहरु रहेपनि अन्य सकुसल रहेका छन् ।

Blog Post Ad Blog Post Ad