Ad Area

देउखुरीको राप्ती गाउँपालिकामा दोस्रो पालिकास्तरिय समन्वय बैठक


दाङ,१९ भदौ । स्थानीय तह उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकास्तरीय अन्तरक्रिया राप्ती गाउँपालिकामा दोस्रो समन्वय बैठक राप्ती गाउँपालिकामा बसेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता भएको समन्वय बैठकमा राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश बिष्टले आफ्नो पालिकाको प्रगति विवरण पेस गरेका थिए । जग्गा एकीकरण कार्यक्रम धान काटेपछि सुरु हुने भन्दै विद्यालय परिसरमा जंकफुड खान नपाइने,हार्इवयमा सुरक्षित यात्राको लागि काम अगाडि बढाएको बैठकमा जानकारी गराएका थिए ।

शिक्षाका प्रमुख बिश्वास बिकले पालिकाले गरेका शिक्षाका बारेमा जानकारी गराएका थिए । उनले १० कक्षासम्म निशुल्क शिक्षा दिने भएको र ८७ प्रतिशत साक्षर रहेको बताए । उनले १.८६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिरको जानकारी गराए । परिवारका मानिस इट्टा भट्टामा जाने र बालबालिका पनि साथै लैजाने भएका कारण केही बालबालिकाहरु विद्यालय बाहिर हुने गरेको जानकारी दिए । बालिकाहरु भर्ना हुने दर कम भएको जानकारीगराएका थिए।

बैठकमा जिल्लाका दाङका १० पालिकाका प्रमुख÷उपप्रमुखको उपस्थित रहेको थियोे । राप्ती गाउँपालिकामा सरकारी विद्यालय २९ वटा रहेका छन् । उक्त विद्यालयमा १४ हजार विद्यार्थी रहेका छन् । आगामी बैठक असोज २८ शान्तिनगर गाउँपालिकामा बैठक बस्ने निर्णय गरिएको छ।

Blog Post Ad Blog Post Ad