Ad Area

दाङ कांग्रेसले पठायो उम्मेदवारको नाम प्रदेशमा


दाङ,२० भदौ । नेपाली कांग्रेस दाङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा र क्षेत्रीय कार्यसमितिबाट आएका उम्मेदवारहरुको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको शनिवार घोराहीमा बसेको बैठकले प्रदेश कार्यसमिति र क्षेत्रीय कार्यसमितिबाट आएका सम्भावित उम्मेदवारहरुको नामावली राय सुझावसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसमितिलाई आइतवार पठाएको हो । प्रदेश कार्यसमितिले जिल्लाले सिफारिस गरेका नाममा छलफल गरेर राय लेखेर केन्द्रमा पठाउनुपर्ने विधानमा व्यवस्था छ । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय संसदीय बोर्डले लगाउने छ ।

जिल्लाका ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १४ जना र समानुपातिकतर्फ २१ जना गरी ३५ जना सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यमितिको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई पठाएको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले बताए ।

‘क्षेत्रीय र प्रदेश कार्यसमितिबाट आएका सम्भावित उम्मेदवारहरुको नाम शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले राय सुझावसहित प्रदेश कार्यसमितिलाई पठाउने गरेको निर्णय अनुसार हामीले आइतवार पठाएका छौ’, जिल्ला सचिव योगीले भने– ‘सम्भावित उम्मेदवारहरुको नामावली पठाउँदा कुन क्षेत्रका लागि कुन नेता योग्य हुनसक्छ भनेर रायसुझाव दिएका छौँ ।’

जिल्ला कार्यसमितिले नेपाली कांग्रेस प्रदेश कार्यसमितिलाई १४४ जनाको नाम लिष्ट पठाएको छ । प्रतिनिधिसभातर्फ ३ क्षेत्रका लागि प्रत्यक्षमा १४ जना र समानुपातिकतर्फ २१ जना गरी ३५ जना र प्रदेशका ६ पदका लागि प्रत्यक्षमा ३८ जना र समानुपातिकतर्फ ७१ जना गरी १०९ छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा प्रत्यक्षतर्फ ४÷४ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरी, नेता प्रदीप थापा र महाधिवेशन प्रतिनिधि अनुराग खड्काको नाम सिफारिस गरिएको छ ।

Blog Post Ad

निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवं संविधानसभा सदस्य राजु खनाल, पूर्व पार्टी सभापति घनश्याम रेग्मी, नेताहरु भरतबहादुर न्यौपाने र किरणकिशोर घिमिरे छन् । निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी ६ जनाको नाम सिफारिस भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, नेताहरु कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, बिजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको जिल्ला सचिव योगीले बताए ।

जिल्ला सचिव योगीका अनुसार प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं. १ बाट पूर्व सांसद सुशीला चौधरी, आत्माराम भट्टराई, खड्कबहादुर सुनार, द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी, जमिर शाह, निर्वाचन क्षेत्र नं. २ बाट समानुपातिकमा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, नेताहरु नदनकुमार शर्मा, हरिप्रसाद रजौरे, गोविन्द मजगैयाँ, तेजबहादुर विक, लक्ष्मीमान चौधरी, बिमला योगी र सपना बोहरा र निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि समानुपातिकमा केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्व सांसद बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम सुनार, देविका नेपाली घिमिरे र चूर्णबहादुर चौधरीको नाम सिफारिस गरिएको छ ।

जिल्लाका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फ १०९ जना सम्भावित उम्मेदवार हुन इच्छुक नेताहरुको नाम सिफारिस गरेर पठाएको नेपाली कांग्रेस दाङका सचिव योगीले बताए । निर्वाचन क्षेत्र नं. १ (क) मा प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ क्षेत्रीय सभापति भेषराज पाण्डे, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी र नेता लक्ष्मण चौधरीलाई सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं. १ (क) मा समानुपातिकतर्फ कांग्रेस नेता अनुराग यादव र यशोदा चौधरीलाई जिल्ला कार्यसमितिले सिफारिस गरेको छ । क्षेत्र नं. १ (क) मै प्रत्यक्षतर्फ प्रदीपराज शर्मा र समानुपातिकतर्फ लोकराज केसी र श्रीपत चौधरीको नाम रायसुझावको रुपमा पार्टीको प्रदेश समितिलाई पठाएको सचिव योगीले बताए ।

निर्वाचन क्षेत्र नं. १ (ख)मा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ जानकीलाल बस्नेत, बासुदेव जंगली, मधु न्यौपाने, चुरामणि आचार्य, शान्तराज अधिकारी र पवन नेपालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगी, गिरिजादेवी न्यौपाने, खिमा अधिकारी, गीताकुमारी चौधरी, लोका विश्वकर्मा, देवका बेलबासे, पवन यादव, तारा नेपाली, घनश्याम सुवेदी, श्रीराम दहित थारु, गोपाल नेपाली, रेशमबहादुर बुढा र माधवकुमार चौधरी सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्र नं. २ (क) मा प्रत्यक्षतर्फ ७ जना समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको छ । जसमा प्रत्यक्षतर्फ गोपालराज शर्मा, खगराज पाण्डेय, कमलकिशोर घिमिरे, कमानसिंह भारती, दुलर्भ केसी, दामोदर केसी र कुलराज खनालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भूपबहादुर डाँगी, ध्रुवकुमार पुन, महेशराज श्रेष्ठ, बमबहादुर डिसी, केशव नेपाली, ध्रुवकुमार ज्ञवाली, बुझाउना चौधरी, देवकुमार नेपाली, पुष्पा श्रेष्ठ सुशीला थापा, निरजा पोख्रेल र लिला नेपालीको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं. २ (ख) मा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकमा १६ जनाको नाम सिफारिस भएको छ । जसमा अभियान बस्नेत, श्यामकुमार रेग्मी, प्रचण्डविक्रम न्यौपाने, कुमुदराज शर्मा, दीपक न्यौपाने, चित्रबहादुर डाँगी ‘निर्मल’ र हिमबहादुर डाँगीको नाम सिफारिसमा परेको छ । समानुपातिकमा पृथ्वी चौधरी, तुल्सी राना, गोविन्दप्रसाद न्यौपाने, विष्णुमणि धिताल, दिनेश नेपाली, चन्द्रप्रसाद चौधरी (घोराही–७) र चन्द्रप्रसाद चौधरी (घोराही–८), जानुका केसी, गोमा रावत, बालिका लम्साल, बिणा बिसी, टीका डाँगी, मुक्ति बादी, पुष्पा बादी, निर्मला न्यौपाने र उषा चौधरीको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा क्षेत्र नं. ३ (क) का लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ लुम्बिनी प्रदेश ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी, सांसद शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा. नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको नाम सिफारिस गरिएको छ । समानुपातिकमा जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे (अरुण), प्रदीप खड्का, टेकबहादुर वली, चेतबहादुर शेर्पाइली, सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लीलाधर लम्साल, देवीप्रसाद हलवाई, दलबहादुर विक, शूष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा क्षेत्र नं. ३ (ख) मा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षमा जिल्ला पार्टी सभापति शंकरप्रसाद डाँगी, केशवराज आचार्य, टीकाराम घर्ती, खिमप्रसाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकालको नाम सिफारिस गरिएको छ । समानुपातिकमा जगतबहादुर खड्का, महादेव शाह, भरत केसी र मधु चौधरी, मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीको नाम सिफारिस गरिएको छ ।

Blog Post Ad Blog Post Ad