Ad Area

हुम्लामा प्रदेशसभाका लागि रणसिंह परियार सिफारिस


दाङ,२० भदौ । हुम्ला र हुम्ली जनताको आवश्यकता र भरोसाका केन्द्रबिन्दु जनताले चाहेका भन्दा हुम्लाको भुमीले मागेको वर्गीय समर्थक डाइनामिक लोकप्रिय् नेता रणसिंह परियार निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशको प्रत्यक्ष तर्फबाट जिल्लाबाट सिफारिस भएका छन् ।

हुम्लाबाट माओवादी आन्दोलनका भूमिगत ज्युदो सहिद योद्धा हुन् । ‘हुम्लाको अदानचुली गाउँपालिका घर भएका परियार जनता तथा कार्यकर्ताका निकै लोकप्रिय नेता हुन् । संकटकालदेखि वर्तमान अवस्थासम्म जनताका सारथीका रुपमा रहदै आएका रणसिङ्ग परियार कार्यकर्ताको माग अनुसार प्रदेश सभा उम्मेदवारीको रुपमा नाम सिफारिस भएको छ ।

जातीय बिभेद्का लागी प्रखर आन्दोलन गर्दै आयका परियारलाई मोर्चाले पनि सिफारिस गरिसकेको छ । परियार निस्वार्थ तरिकाले काम गर्दा थुप्रै लोकप्रिय काम गरेका कारणले जनताको आशा भरोशागका केन्द्रविन्दु बन्न पुगेका हुन ।

शिक्षक संगठनदेखि जनयुद्धसम्मको यात्रा

२०४५ सालमा कक्षा ७ मा अध्ययनबाट नेकपा मालेको अनेरास्ववियु सुर्योदय माविन श्रीनगर सदस्य युवा अवस्थामा विभिन्न प्रगतीसिल बिचारधारका अभियान र कार्यमा संलग्न भएका औपचारिक रुपमा २०४६ सालमा अनेरास्ववियुको पार्टीको सुर्योदय माबि सचिव पद प्राप्त गरे ।

२०४८ बाट नेकपा एमाले संगठित सदस्य ईलाका नम्बर ८ को उपसचिव पद प्राप्त २०५४ देखि २०५७ साल नेपाल राष्ट्रिय शिक्षक संगठन ईलाकाको ८ को सचिव पद प्राप्त गरेको थिए । २०५८ सालदेखि नेकपा माओवादी पार्टीको जनयुद्धलाई पूर्ण रुपमा समर्थन गर्दै आएका परियार २०५८ सालदेखि गाउँ कमिटीको सदस्यबाट अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य प्राप्त गरेका थिय । २०५८ सालदेखि दलित मुक्ति मोर्चा एरिया सचिव र २०५८ सालदेखि जिल्ला कमिटी सदस्य मुक्ति मोर्चा जिल्ला कमिटी सदस्य भयका थिए ।

Blog Post Ad

२०४९ सालमा नेपाल दलित मुक्ति मोर्चा जिल्ला कमिटी सचिवालय सदस्य २०६१ सालमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष र पार्टी बिशेष कमिटी सदस्य र २०६३ सालमा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज समेत भएका परियार दलितको लागी चिन्तन भनेर पनि चिनियका छन।

२०६५ साल नेकपा माओबादी भेरी कर्णाली राज्य समिति सदस्य २०७० सालमा नेपाल दलित मुक्ति मोर्चा थारूवान प्रदेश सयोजक पार्टी केन्द्रिय भेला आयोजक सदस्य भएका थिए । परियार २०७३ सालमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय कार्यलय सदस्य चयन कर्णाली प्रदेश सह सयोजक भएका थिए ।

पार्टी एकता पश्चात् २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमाले कम्युनिस्ट पार्टी नेकपाको कर्णाली प्रदेश सदस्य जिम्मेवारी पाए । २०७९ साउनमा बसेको केन्द्रिय कमिटीको बैठकबाट बैकल्पिक केन्द्रिय सदस्य भए ।

नेपाल दलित मुक्ति मोर्चाकर्णाली प्रदेशको सहइन्चार्ज समेत भएका परियार कडा नियममा रहेर पार्टी सदस्यता प्राप्त गरेदेखि परियार निरन्तर मोर्चा र माओवादी राजनीतिमा उत्तिकै सग्लन छन ।

नेकपा माओवादी पार्टीको जनयुद्धलाई पुर्ण समर्थन गर्दै माओवादी पार्टीको जनयुद्धलाई पुर्ण समर्थन गाविस, जिविस हुँदै केन्द्रीय तहमा पुग्दा समेत राज्यको संरचनाले जनअपेक्षित काम गर्न भूमिगत माओवादीको राजनीतिमा संलग्न भएको दावी गर्छन । परियारले जनताका समस्यालाई समाधान गर्दै जनप्रिय बनेका छन।

Blog Post Ad Blog Post Ad