Ad Area

व्यवसायीलाई सचेत गराउँदै दाङ जिल्ला उद्योग बाणिज्य संघ


दाङ,२० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीक सचेतना सुरु गरेको छ । संघले यस अघिपनि निरन्तर व्यवासायीक सचेतना अभियान गदै आएको छ । संघले व्यवसाय गर्दा आइपर्ने समस्या, व्यवसाय गर्दा हिसावकिताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाढी बढनेलगाएतका विषयमा जानकारी दिइने गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिएका छन् ।

व्यवसायीहरुलाई सहज होस भन्ने तथा व्यवासायीहरुको के कस्ता समस्या रहेका छ भनेर बुझने उदेश्यले घर दैलोमा नै सचेतना अभियान गरिदै आएको अध्यक्ष वुढाथोकीले बताए । यसले व्यवसायीहरुलाई परेका समस्याका वारेमा जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि वढीने उनले बताए ।
व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । विना दर्ता गैरकानुनी रुपमा व्यवासाय नगर्न समेत संघले आग्रह गदै आएको छ । दर्ता भएर नविकरण नभएका लाइ समयमा नवीकरण गर्न समेत आग्रह गरिएको छ । सचेतनामा हिडेको टोलीले दर्ता प्रमाणपत्र, प्यान नम्वर, मुल्य सुची सबैले देखिने स्थानमा राखेको नराखेको बारे जानकारी लिदै नराखेको भएदेखिने स्थानमा राख्न समेत आग्रह गरेको छ ।

सचेतनाको क्रममा म्याद सकिएका सामाग्रीहरु छुटाएर छुट्टै राख्न समेत अनुरोध गरिएको छ । यस प्रकारको कार्यले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ । यसरी पसल–पसलसम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने व्यवसायीहरुको भनाइ रहेको छ ।

व्यवसायीहरुलाई स्वास्थ्यप्रति पनि सचेत हुन आग्रह गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । अहिले पनि विभिन्न प्रकारको रोगको जोखिम रहेको भन्दै सचेत हुन आग्रह गरिएको उनले बताए । सचेतना अभियानलाई उद्योग वाणिज्य संघले निरन्तरता दिइने जनाएको छ । बजारी क्षेत्रका साथै ग्रामीणस्तरसम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।

सचेतना अभियान संघका अध्यक्ष टंकसिंह वुढाथोकीको नेतृत्वमा गरिएको हो । अभियानमा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र वुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु भरतप्रसाद रेग्मी, माधव खनाल, विकास वली, विनोदप्रसाद पाण्डे, कर्मचारीहरु कान्तुराम चौधरी र गणेश सुनारको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad