Ad Area

रोल्पा आईटिएफ तेक्वान्दो संघको प्रशिक्षकमा बुढा नियुक्त


रोल्पा,२१ भदौ । रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले प्रशिक्षक नियुक्ति गरिएको हो ।

प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लामा तेक्वान्दो खेलको विकासका लागि बाग्लुङ जिल्ला निवासी प्रशिक्षक प्रविन बुढालाई प्रशिक्षकमा नियुक्त गरिएको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिएका छन् ।

संघले बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक बुढालाई करारमा प्रशिक्षक नियुक्त गरेको हो । प्रशिक्षक बुढाले यसअधि बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका बुर्तिबाङमा रहेको न्यू मोडर्न आईटिएफ तेक्वान्दो डोजाङमा करिव २ बर्ष प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका छन् । प्रशिक्षकमा नियुक्त बुढाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक समेत जित्न सफल भएका छन् ।

२०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको बताउदै अध्यक्ष बाठामगरले आसन्न नवौं राष्ट्रिय खेलको लागि जिल्ला छनोट खेलाडीहरुलाई प्रदेश छनोटको लागि बन्द प्रशिक्षणमा प्रशिक्षण गराउन संघले नियुक्ति गरेको संघका सचिब कृष्णप्रसाद बाठामगरले जानाकारी दिएका छन् ।