Ad Area

विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा गोरक्ष च्याम्पियन


दाङ,२१ भदौ । दाङ जिल्ला विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता–२०७९ मा गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय टिम च्याम्पियन बनेको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा यहि भदौ १७ गतेदेखि २० गतेसम्म घोराही–१७ चौघेरामा भएको प्रतियोगितामा पाँच स्वर्ण पदक जित्दै चौघेरामा रहेको गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय टिम च्याम्पियन बनेको हो ।

त्यसैगरी प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदकसहित मदन भण्डारी मेमोरियल बोर्डिङ स्कुल दोश्रो र २ स्वर्ण र ४ रजत पदक जित्दै नेपाल पुलिस स्कुल तेश्रो हुन सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुषतर्फ मदन भण्डारी मेमोरियल बोर्डिङ स्कुलका अन्स केसी र उत्कृष्ट खेलाडी महिलातर्फ गोरक्ष रत्ननाथ माविकी बन्दना बस्नेत बन्न सफल भएका छन् ।

आनुशसित खेलाडी पुरुषतर्फ ज्ञानसिन्धु माविका देउराम बुढामगर र महिलातर्फ अन्नपूर्ण आवसिय माविकी छात्रा ज्योति शेर्पालीले जित्न सफल भइन । यस्तै डेमोस्ट्रेसनतर्फ नेपाल पुलिस स्कुल स्वर्ण, भरतपुर भरतपुर डोजाङ रजत र मदन भण्डारी मेमोरियल बोर्डिङ स्कुलको टिमले काश्य पदक जितेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ १५–२० केजी तौल समूहमा मदन भन्डारी मेमोरियल स्कुलका अन्स केसीले स्वर्ण, मेचीकाली माविका सौरव घर्तीले रजत, मेचीकालीकै सुगम बोहराले सुगम बोहरा र पद्ममोदय पब्लिक स्कुलका आयुस पान्डेले काश्य पदक जितेका छन् । त्यसैगरी २०–२५ केजी तौल समूहमा झिग्नी माविका अभिषेक नेपालीले स्वर्ण, गोर्खा ईन्टरनेशनल बोर्डिङ स्कुलका विकास घर्तीमगरले रजत र सिर्जनसील माविका नीवन पुनमगर र शुभप्रभात स्कुलका हेभन घर्तीमगरले काश्य, २५–३० केजी तौल समूहमा सगरमाथा माविका उमेश अधिकारीले स्वर्ण, ज्ञानज्योती एजुकेशनल एकेडेमीका सौरव बुढाले रजत, नवज्योती स्कुलका खिमप्रकाश विक र गोरक्ष रत्ननाथ माविका पुन विकले काश्य पदक जित्न सफल भएका थिए ।

३०–३५ केजी तौल समूहमा बालकुञ्ज स्कुलका सागर पुनमगरले स्वर्ण, नवज्योती स्कुलका हिमाल घर्तीले रजत र सिर्जनशिल आधारभूत विद्यालयका सुशील क्षेत्रीले काश्य , ३५–४० केजीमा मदन भण्डारी मेमोरियल बोर्डिङ स्कुलका मिलन चौधरीले स्वर्ण, नेपाल पुलिसका सुदीप रोकामगरले रजत र डिभाइन एकेडेमीका सफल रन्जनले काश्य, ४०–४५ केजीमा ज्ञानमाला स्कुलका निरज आचार्यले स्वर्ण, मदन भण्डारी मेमोरियल स्कुलका रमेश घर्तीमगरले रजत र ज्ञानसिन्धु माविका देउराम बुढामगरले काश्य, ४५–५० केजीतर्फ झिंग्नी माविका अनिल चौधरीले स्वर्ण, गोरक्ष रत्ननाथ माविका निलम घर्ती रजत र गोरक्षकै विशाल विश्वकर्माले काश्य पदक जितेका छन् ।

५०–५५ केजीतर्फ नेपाल पुलिस स्कुलका खिम शाही स्वर्ण, पुलिस स्कुलकै प्रकाश घर्तीमगर रजत र ज्ञानसिन्धु माविका थगेन्द्र पुनमगरले काश्य, ५५–६० केजीतर्फ गोरक्षका राजन चौधरीले स्वर्ण, ज्ञानसिन्धुका घनश्याम घर्तीमगरले रजत र पुलिस स्कुलका आशिष परियारले काश्य, ६० प्लसतर्फ खुलामा भरतपुर डोजाङका ज्ञानेन्द्र वली स्वर्ण, मदन भण्डारी स्कुलका विवेक विश्वकर्माले रजत र अमर स्कुलका अर्जुन वलीले काश्य जित्न सफल भए ।

Blog Post Ad

महिलातर्फ १५–२० केजीमा नवज्योति स्कुलका प्रतिज्ञा अधिकारी स्वर्ण, ज्ञानसिन्दु माविका समिक्षा बुढाथोकीले रजत र नवज्योतिकी रन्जिता बुढामगरले काश्य, २०–२५ केजीमा गोरक्ष माविकी रेश्मा बुढामगरले स्वर्ण, गोरक्षकै सुस्मा नेपालीले रजत र माउण्टभ्यूकी स्वर्णीका बिसी र गोरक्षकै नतासा चौधरीले काश्य, २५–३० केजीमा मदन भण्डारी स्कुलका आचल बुढामगले स्वर्ण, सोही विद्यालयका रोशिका घिमिरेले रजत, नवज्योतिकी ललिता पुनमगर र अन्नपूर्ण आवासिय माविकी करुणा दुधराजले काश्य, ३०–३५ केजीमा पुलिस स्कुलकी आशिका जिएम स्वर्ण, पुलिस स्कुलकै अस्मिता शाही रजत, अन्नपूर्ण आवसिय माविकी पिङ्की परियार र पुलिस स्कुलकी मिनिशा रोकामगरले काश्य, ३५–४० केजीमा ज्ञानसिन्धुकी सिखा वलीले स्वर्ण, मावि गोग्ली स्कुलकी यमकुमारी बिसीले रजत र अन्नपूर्णकी स्मृति चौधरीले काश्य जितिन ।

४०–४५ केजीमा गोरक्ष माविकी बन्दना बस्नेतले स्वर्ण, पुलिस स्कुलकी सेमिका बपालले रजत र झिंग्नी माविकी कृष्णा नेपालीले काश्य, ४५–५० केजीमा अम्विकेश्वरी माविकी –स्मारिका बुढामगरले स्वर्ण, सर्वोदय माविकी सुविन्दा चौधरीले रजत र अन्नपूर्ण माविकी ज्योती शेपाईलीले काश्य, ५०–५५ केजी तौल समूहमा गोरक्ष माविकी ममता रानामगरले स्वर्ण, शुभप्रभात माविकी उर्मिला घर्तीमगरले रजत र अम्विकेश्वरी माविकी मोनिका बस्नेतले काश्य, ५५ प्लस खुलामा गोरक्षकै बसन्ती थेडीमगरले स्वर्ण, एस्ना शेर्पालीले रजत र भ्यालीटप स्कुलकी ममता खत्रीले काश्य पदक जित्न सफल भएकी थिइन ।

दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको विशिष्ट आतिथ्यतामा भएको थियो ।

दाङ जिल्लाभित्र छरिएर रहेका विभिन्न विद्यालयहरुमा अध्यनरत खेलाडीहरुको खेल कौशल जिल्लास्तरबाटै उजागर गरि प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ दाङ जिल्लाभित्रका ४५ बढी विद्यालयहरुको सहभागीता रहेको प्रतियोगिता ४ दिनसम्म संचालन भएको थियो । हाप्किडो प्रतियोगितामा डेमोन्ट्रेसन र फाइटमा प्रतिस्पर्धा भएको थियो ।

Blog Post Ad Blog Post Ad