Ad Area

राप्ती शिक्षा क्याम्पसमा नेविसंघको इकाइ गठन


दाङ,२३ भदौ । घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसनमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरिएको छ । विहिवार क्याम्पसमा भएको विद्यार्थीहरुको भेलाले विद्यार्थी गणेशमान डाँगीको अध्यक्षतामा इकाइ गठन गरेको हो ।

जसमो उपसभापतिमा युवराज केसी र कविता केसी, सचिवमा शिशिर डाँगी, सहसचिवमा हेमन्त पौडेल र कोषाध्यक्षमा पार्वती परियारलगायतका रहेका छन् ।

नेपाल विद्यार्थी संघका नेता तथा नेपाल सांस्कृतीक संघका केन्द्रीय सदस्य राजेन्द्र दाहालको अध्यक्षतामा भएको भेलामा नेपाल विद्यार्थी संघको बारेमा संघका जिल्ला सदस्य निरज गिरीले प्रष्ट पारेका थिए ।

विद्यार्थी नेता रुद्रमणी रेग्मीको स्वागत मन्तव्यवाट सुरु भएको भेलाको सहजीकरण विद्यार्थी नेता बसन्त भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad