Ad Area

प्रदेशस्तरीय छनोटका लागि दाङबाट ३२३ जना खेलाडी छनोट


दाङ, २२ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कार्तिकको ४ गतेसम्म हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुनका लागि अहिले देशभरका जिल्लाहरुमा खेलाडी छनोटको काम भइरहेको छ । जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने र त्यहाँबाट छनोट भएका खेलाडीहरुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रदेशस्तरीय छनोट खेलका लागि दाङ जिल्लामा विभिन्न २१ खेलबाट ३ सय २३ जना खेलाडी छनोट भएका छन् । जसअन्तर्गत फुटवलमा महिला तथा पुरुष खेलाडी १५÷१५ जना गरेर ३० जना खेलाडी छनोट भएका छन् । त्यसैगरी एथ्लेटिक्समा महिला तथा पुरुष १०÷१३ जना गरी २३ जना, बक्सिङमा ५ महिला र १० पुरुष गरी १५ जना, तेक्वान्दोमा ९ महिला र १० पुरुष गरी १९ जना, सिरुतो करातेमा ११ महिला र १२ पुरुष गरी २३ जना, भारोत्तोलनमा ५ महिला र १० पुरुष गरी १५ जना खेलाडी प्रदेशस्तरीय छनोटका लागि जिल्लाबाट छनोट भएको दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।

कोषाध्यक्ष आचार्यका अनुसार भलिवलमा महिला र पुरुष खेलाडी ९÷९ जना गरी १८ जना, टेवलटेनिसमा महिला र पुरुष खेलाडी ५÷५ जना गरी १० जना, कबड्डीमा १०÷१० महिला र पुरुष गरी २० जना, व्याडमिन्टन खेलमा ४ महिला र ५ पुरुष गरी ९ जना, जुडोमा ४ महिला र ५ पुरुष गरी ९ जना, बास्केटल बलमा १०÷१० जना महिला र पुरुष खेलाडी गरी २० जना, बुद्धिचालमा महिला र पुरुष ३÷३ जना गरी ६ जना, ह्याण्डबलमा १०÷१० जना महिला र पुरुष गरी २० जना, आईटिएफ तेक्वान्दोमा ८÷८ जना महिला र पुरुष गरी १६ जना, फुलकन्ट्याक सिरुते कराँतेमा ५÷५ जना महिला र पुरुष खेलाडी छनोट भएका छन् ।

त्यसैगरी सुटिङमा ६÷६ जना महिला र पुरुष खोलाडी गरी १२ जना खो–खोमा १२÷१२ जना महिला र पुरुष खेलाडी गरेर २४ जना, रग्वीमा १२ पुरुष, शारीरिक सुगठनमा ५ पुरुष र १ महिला र सफ्ट टेनिसमा महिला र पुरुष खेलाडी ६÷६ जना गरेर जम्मा ३ सय २३ जना खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगिता जिल्लाका विभिन्न ठाउँमा भदौको १७ गतेदेखि १९ गतेसम्म चलेको थियो ।

Blog Post Ad Blog Post Ad