Ad Area

कुटिएका डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ६० जनाको सामूहिक राजीनामा


काठमाडौ,२३ भदौ, । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीहरु गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बेलुका उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा बुझाएका डाक्टर र कर्मचारीहरुले इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको अस्पतालका प्रवक्ता डा रमेश भट्टराईले जानकारी दिएका छन ।

सामूहिक राजीनामा दिनुको प्रमुख कारण भने भदौ २ गते इमरजेन्सी विभागमा कार्यरत डाक्टर करण साहमाथि कुटपिटको घटना रहेको चिकित्सकहरुले बताएका छन् । भदौ २ गते डा शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए ।

इमरजेन्सी कक्षमा डाक्टर साहलाई हातपात गरेको भिडियो बाहिरिएपछि चिकित्सकहरुले कर्मचारी शाहीलाई कारबाहीको माग गर्दै आन्दोलित भएका थिए । डाक्टर साहले आफूमाथि ड्युटी समयमा हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका थिए । तर मंगलबार जिल्ला अदालत जुम्लाले डा।साहलाई नै नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेपछि डाक्टर र कर्मचारीहरु एकाएक सशांकित भए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा उल्लेख गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।

भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ड्युटीमा रहेका बेला साहले उपचार नगरेको र बालक पृथकविक्रम शाहीलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै जाहेरी परेको थियो ।

Blog Post Ad

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्लाका ६ वर्षीय बालक शाहीको उपचारमा साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल ९शाही०ले जुम्ला प्रहरीमा भदौ १३ गते जाहेरी दिएकी थिइन् । पृथकविक्रम डाक्टर कुट्ने कर्मचारी धनबहादुरकै छोरा हुन् ।

सामूहिक राजीनामा दिएकाहरुले डा। साहविरुद्ध झुटा मुद्दा लगाइएको भन्दै मंगलबारदेखि इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थिए । बुधबार बिहान १० बजे त्यही विषयमा प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाईसहित सरोकारवालाहरुबीच छलफल चलिरहेको थियो ।

‘भित्र छलफल चलिरहेका बेला बाहिर एशिया इन्टरनेश्नल स्कुलका बालबालिका र केही महिलाहरुको ठूलो भिड आयो र बाल अधिकार हनन गर्ने डाक्टर चाहिंदैन भन्दै प्रदर्शन गर्न थाल्यो,’ आन्दोलनरत एक डाक्टरले भने, ‘डाक्टर साहको मुद्दालाई बार्गेनिङ गर्न उनीविरुद्ध नै अर्को मुद्दा चलाइयो । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ । त्यसैले सामूहिक राजीनामा दिएका हौं ।

 

Blog Post Ad Blog Post Ad