Ad Area

घोराहीमा आप्रवासी हकहित संजाल गठन, संयोजकमा बुढाथोकी


घोराही,२३ भदौ । घोराही उपमहानगरपालिकाले विहीवार घोराहीमा एक भेलाको आयोजना गरी पालिकास्तरिय आप्रवासी हकहित संजाल गठन गरेको छ ।

घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद भट्टाई, प्रभासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, वैदेशिक रोजगार बोर्डका विष्णु अर्याललगायतको विशेष उपस्थितीमा संजाल गठन गरिएको हो ।

भेलाले हेमराज बुढाथोकीको संयोजकत्वमा  ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सहसंयोजकमा महाबीर घर्ती रहेका छन भने सदस्यहरुमा निमबहादुर गुरुङ, अजय डिसी, मिरा डिसी र केशव बुढाथोकी रहेका छन् ।

भेलाको उत्घाटन सत्रमा बोल्दै नगरप्रमुख नरुलाल चौधरीले सहभागिहरुलाई विदेशमा गरेको आर्थिक उपार्जनलाई स्वदेशमा उत्पादन मुलक काममा लगाउनको लागि सुझाव दिएका छन् । उनले अव युवाहरुले सधै अरुको काम गर्ने भन्दा पनि थोरै लगानीमा भए पनि आफु मालिक भएर काम गर्नेतर्फ अग्रसर हुन आग्रह गरे । कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामीकी कार्यक्रम संयोजक बसन्ता पुनले संजालको काम, कतव्य र अधिकारको बारेमा जानकारी गराए ।

उनले दिएको जानकारी अनुसार संजालले नेपालको संविधानमा उल्लेखित आप्रवासी सम्बन्धी ऐन, कानुनको कार्यान्वयन गर्न सहयोग गर्ने, आप्रवासी कामदार तथा तीनको परिवारहरुको हकहितको लागि आवश्यक कानुन निर्माण गर्न पहल, पैरवी र सहयोग गर्ने कामदार तथा तिनका परिवारहरुले सामना गरिरहेका मुख्य समस्याहरु समाधान गर्न गराउँन पहल गर्ने, कामदार तथा तिनका परिवारहरुको हकहित संरक्षण, सम्बद्र्धन गर्न सरोकारवालाहरुसँग समन्वय, सहकार्य गर्ने, वैदेशिक रोजगारबाट फर्केका व्यक्ति तथा परिवारहरुको आर्थिक विकास सम्बन्धित गतिविधिहरु संचालन गर्नलगायतका काम रहेको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad