Ad Area

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु


दाङ,७ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको राष्ट्रियसभा नेपाली कांग्रेस मुख्य सचेतक अनिता देवकोटाले नेतृत्वदायी भूमिकामा महिला सहभागीता बढ्न नसकेको बताइन ।

सप्ताहव्यापी कार्यक्रमको घोराहीमा उद्घाटन गर्दै मुख्य सचेतक देवकोटाले संविधानले राज्यको हरेक तहहरुमा ३३ प्रतिशत महिला सहभागीताको व्यवस्था अनुसार महिलाहरुको प्रतिनिधित्व हुने गरेपनि नेतृत्वदायी भूमिकामा पुग्न नसकेको बताएकी हुन । त्यसलाई चिरेर महिलाहरु नेतृत्वका लागि तयार हुनुपर्ने समेत उनले बताइन ।

‘कानुनी रुपमा महिला सहभागीता हुनुपर्ने व्यस्थाका कारण महिलाहरुको प्रतनिधित्व हुने गरेको छ । तर नेतृत्वमा महिला सहभागीता बढ्न सकेको छैन’,मुख्य सचेतक देवकोटाले भनिन्,‘नेतृत्वदायी भूमिका महिला सहभागीता बढाउनकालागि महिलाहरु बौद्धिक तथा क्षमताका हिसावले तयार हुनुपर्छ ।’ उनले समानताका कुराहरु उठिरहदा महिलाहरुमाथि विभिन्न खाले विभेदका घट्नाहरु भैरहेको भन्दै त्यसका विरुद्ध सचेतना आवश्यक रहेको बताइन ।

उनले महिला जेसीज युवाहरुको सस्था भएको भन्दै यसलाई बर्तमान समाजको ऐनाका रुपमा लिन सकिने समेत बताइन । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका माध्यमबाट समाज विकासको मुल अभियानमा हिडेपछि लक्ष्य प्राप्त गर्न सकिने उनको भनाई थियो । उनले महिलाहरु विकास निर्माणका काममा समेत सहभागी बन्नुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले सक्षम भूमिका निर्वाह गर्न सक्ने महिला उत्पादनमा जेसीजले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । अहिले सहभागिताका लागि मात्र महिलाहरुको सहभागीता रहेको भन्दै उनले आफ्नो नेतृत्व र क्षमता बिकाससंगै समाजको बिकासका लागि नेतृत्व गर्न सक्ने महिला आवश्यक रहेको बताए । त्यसका लागि महिला जेसीजले भूमिका खेल्न सक्ने बताए । साथै उनले सामाजिक परिवर्तन,बिकृती बिसंगतीका बिरुद्धमा आवाज उठाउँदै आएको सस्था जेसीज रहेको भन्दै उनले आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरेका थिए ।

त्यस अवसरमा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल समिति संयोजक जुनुकुमारी बुढाले जानकारी गराएकी थिइन । उनका अनुसार महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम, चुरा बनाउने तालिम, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम,असल छुवाइ र गलत छुवाई सम्बन्धि सचेतनालगायतका कार्यक्रमहरु गर्न थालेको छ ।

Blog Post Ad

कार्यक्रममा जेसीज आस्था पाठ रोजिना गिरीले गराएकी थिइन । सहभागीलाई दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष संगीता गिरीले धन्यवाद दिएकी थिइन । कार्यक्रम संयोजक तथा उपाध्यक्ष दिलु मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad