Ad Area

तुलसीपुरमा बस दुर्घटना, २१ यात्रु घाइते


दाङ,७ कार्तिक । दाङमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

घोराही–तुलसीपुर सडक अन्तर्गत घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरको ओरालोमा दुर्घटनामा परेको हो । सडकदेखि तल खस्दा बसमा सवार २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

बस दुर्घटनामा घाइते भएकाहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बसले च्यापेका करिब २२ वर्षका युवकलाई जेसिभीको सहयोगमा उद्धार गरिएको थियो । बस के कारणले दुर्घटनामा परेको पत्ता नलागेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad