हर्नोकमा निशुक्क स्वास्थ शिबिर
दाङ, २५ भदौ । दाङको हर्नोकमा निशुक्क स्वास्थ शिबिर गरिएको छ । घोराही उपमहानगरपालिकाको बिकट बस्तिका रुपमा रहेको हर्नोकमा एकदिने स्वास्थ शिबिरमा टाढा टाढाबाट आएर स्थानीयले स्वास्थ सेवा लिएको कार्यक्रम संयोजक शरद डाँगीले जानकारी दिएका छन् ।
शिविरमा स्वास–प्रस्वास, रक्त सन्चार, ज्वरो, छाला लगायतका बिरामी सेवा लिन आएका थिए । हर्नोकका रहेको अम्बिका माध्यमिक विद्यालय प्राङ्गणमा भएको स्वास्थ शिबिरमा घोराही उपमहानगरपालिका–१ हर्नाेक आसपासका गाउँ र बंगलाचुली वडा न १ र २ का स्थानीयले सेवा पाएका छन ।
गाउँमा सहज स्वास्थ सेवाको सहज पहुँच नहुदा स्वास्थ अवस्था गम्भीर नहुदासम्म स्थानीय स्वास्थ परिक्षणका नजाने गरेको स्थानीय नारायण घर्तिले बताएका छन् । स्वास्थ शिविरमा फिजिसियन डाक्टर प्रकाश सुवेदी, डा गोपाल खनाल, स्वास्थकर्मीहरु दिर्गेश वलीलगायतकाले बिरामीको परिक्षण र निशुल्क औषधि बितरण गरेका थिए ।
अम्बिका माविका शिक्षक–अभिभावक संघका अध्यक्ष नारायण पाण्डेयको अध्यक्षता तथा स्थानीय बयोवृद्ध मित्रलाल न्यौपानेको प्रमुख आतिथ्यतता एव समाजसेवी सुग्रीव वलीको बिशिस्ट आतिथ्यता भएको स्वास्थ शिविर उदघाटन समारोहमा फिजिसियन डाक्टर प्रकाश सुवेदी, पत्रकार हेमराज शर्मा, शरद डाँगी, मिनेन्द्र गिरि,नारायण घर्ति लगायतकाले बोलेका थिए ।