Ad Area

सन्तोष श्रेष्ठको ‘फरैना’ सार्वजनिक


दाङ,२५ भदौ । विश्व किर्तीमानी संगीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ ।

थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोटलाई समेटेर लेखिएको उपन्यास फरैना शुक्रवार बिमोचन भएको हो ।

काठमडौँमा आयोजित एक कार्यक्रमकाबीच सांसद शान्ता चौधरी, समालोचक डा कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा भिमार्जुन आचार्य र नायक राजेश हमालसँगै उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका थिए ।

विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गरेकी थिइन । ‘यो उपन्यासका हरेक पानाहरु पढ्दै जाँदा आफ्नो अतितका दिनहरुमा फर्कन बाध्य भएँ, जुन कुराहरु म बिर्सन कोसिस गरिरहेको हुन्छु ’, सांसद चौधरीले भन्नुभयो,‘सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो।’

कार्यक्रमका अरु वक्ताहरुले सङ्गीतकार, गायक, लेखकको रुपमा मात्रै नभएर श्रेष्ठ उपन्यासकारका रुपमा पनि स्थापित हुने भन्दै शुभकामना दिएका थिए ।उपन्यासकार श्रेष्ठले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको भन्दै उपन्यासकार श्रेष्ठले पढेर सुझाव दिन आग्रह गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad