Ad Area

बालदिवसमा पद्मोदयमा कविता प्रतियोगिता सम्पन्न


घोराही, २९ भदौ । ५८औँ राष्ट्रिय बालदिवसका अवसरमा पद्मोेदय पब्लिक नमूना माविले कविता प्रतियोगिता सम्पन्न गरेको छ । मावि र निमावि तहमा दुई बेग्ला बेग्लै कार्यक्रम गरी बुधबार बालदिवसका अवसरमा कविता प्रतियोगिता गरिएको हो ।

विद्यालयका शिक्षक शान्ति सुवेदीको अध्यक्षतामा भएको कविता प्रतियोगितामा मावि तर्फ गृष्मा गिरी प्रथम, दीप्सना भण्डारी द्वितीय, बिना दाहाल तृतीय र यामसरी पुन सान्त्वना हुनुभएको छ । कुल २२ जनाले भाग लिएको प्रतियोगिताको निर्णायकमा शिक्षकहरु कृष्ण अधिकारी, सुनिता खड्का र तारा घिमिरे रहनुभएको थियो ।

यस्तै, निमावि तह अन्तर्गतको कविता प्रतियोगितामा निरुता वली प्रथम, मानवी जिएम द्वितीय, सुप्रिया शर्मा र बन्दना अधिकारी तृतीय तथा मनिषा बिष्ट सान्त्वना हुनु भएको छ । २८ जनाले भाग लिएको प्रतियोगिताको निर्णायकमा तारा घिमिरे, सत्यादेवी गौतम र तर्क बस्नेत रहनुभएको थियो ।

सो अवसरमा विद्यालयका निमित्त प्रधानाध्यापक लोकबहादुर बस्नेत, मावि तह अंग्रेजी विषय संयोजक दुर्गा पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संयोजक शिक्षक देवा पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक नारायणी भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad