Ad Area

बालदिवसमा हापुर मावि निघुवारमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न


घोराही, २९ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर मावि निघुवारले बालदिवसका अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । हापुर मावि निघुवार बालक्लवको आयोजनामा नर्सरीदेखि ३ कक्षासम्म चकलेट दौड र ४ देखि १२ कक्षासम्म बालगीत प्रतियोगिता आयोजना गरिएको थियो ।

बाल क्लव अध्यक्ष जमुना बस्नेतको सभा अध्यक्षतामा बुधबार हापुर मावि निघुवारमा कार्यक्रम गरिएको हो । सो अवसरमा, नर्सरी यूकेजीमा अभिषेक चौधरी प्रथम, राजीव चौधरी द्वितीय, सौरभ चौधरी तृतीय हुँदा कक्षा १ देखि ३ सम्मको चकलेट दौड प्रतियोगितामा सम्झना घर्ती प्रथम, सुवास सार्की द्वितीय र मिसन नेपाली तृतीय हुनु भएको छ ।

यस्तै, बालगीत प्रतियोगितातर्फ कक्षा ३ देखि ५ सम्ममा विवश चौधरी प्रथम, अनुसा चौधरी द्वितीय, भावना बुढा तृतीय र रेशमा छिनाल सान्त्वना हुनुभएको छ ।

Blog Post Ad

यस्तै, कक्षा ६ देखि १२ सम्म भएको बालगीत प्रतियोगितामा मनिषा घर्ती प्रथम, मनिषा डाँगी द्वितीय, भावना, शारदा र गंगा तृतीय हुँदा बिमला बस्नेत, देवी रेउले र संस्कृति बस्नेत सान्त्वना हुनुभएको विद्यालयकी शिक्षक शारदा घर्तीले जानकारी दिनुभयो । बालगीतमा मौलिक शैलीका गीतसहति ३४ जना छात्रछात्राको सहभागीता रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा शिक्षकहरु विन्दु डाँगी, सरला गौतम र विमल न्यौपाने रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्याैपाने, घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा, सामाजिक विकास शाखाकी कल्पना केसी, विद्यालयका शिक्षक हेमन्त गौतम, बालक्लव संयोजक शारदा घर्ती, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष तथा युटर्न इन्टरनेशनलका नेशनल डिस्ट्रिव्युटर्स विन्दु गिरी, पूर्व अध्यक्ष एवम् युटर्न इन्टरनेशनल नवलपुर केन्द्र प्रमुख जीवा भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बालक्वलका कोषाध्यक्ष सुवास दाहालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण छात्रा जया बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad