Ad Area

तुलसीपुरमा बस दुर्घटना, एक जनाको मृत्यु


दाङ,७ कार्तिक । दाङको तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका परिवारलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार परियारलाई बसले च्यापेको थियो । जेसिभीको सहयोगमा उद्धार गरी उनलाई अस्पताल पु¥याइएको थियो ।

घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो । मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्न पुग्दा त्यसमा सवार थप २१ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा घाइतेहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad