Ad Area

दाङमा असोज १ गतेदेखि दशैँतिहार लक्षित सुपथ मुल्यको पसल संञ्चालनमा ल्याउने तयारी


घोराही, ३१ भदौ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङ शाखाले यसवर्ष असोज १ गतेदेखि दशैँतिहार लक्षित सुपथ मुल्यको पसल संञ्चालनमा ल्याउने तयारी गरेको छ । चाडपर्वको अवसर पारेर आम उपभोक्तालाई लक्षित गरि खाद्यले दाङसहित देशका विभिन्न ४१ जिल्लाका ४४ वटा बिक्रि केन्द्रहरुबाट दशै तिहार लक्षित सहुलियतको पसल संचालनमा ल्याउन लागेको जनाएको छ ।

यसवर्ष असोज १ गतेबाट कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल संचालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दाङका प्रमुख तिलक सुनारले बताउनुभयो । सहुलियत पसलमा चामल स्टीम जिरा, सोना मनसुली, बासमति चामल, खसीबोका खरिदबिक्रि गरिने भएको छ ।

दाङ शाखाले यसवर्ष दशैँतिहारका लागि ७ सय वटा खसीबोका खरिद बिक्रि गर्ने प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । शाखाले चामल २ सय क्विन्टल र ७ सय वटा खसीबोका खरीद गर्ने खरीद विभागबाट निर्देशन आएको प्रमुख सुनारले बताउनुभयो ।

सबै सर्वसाधारणहरुलाई सेवा दिने उदेश्यले पसल सञ्चालन हुने शाखा प्रमुख सुनारले बताउनुभयो । सहुलियतमा सामान लिनको लागि नेपाल सरकारबाट मान्यता प्राप्त नागरिकता वा लाइसेन्सको प्रतिलिपी वा अन्य सरकारी कागजात हुनुपर्ने छ ।

खाद्यको दाङ शाखाले कणर्ाली प्रदेशमा पनि सहुलियतमा चामल बिक्रि गर्दै आएको छ । उहाँका अनुसार ढुवानीको लागि पत्र नआएकोले अहिले चलानी भएको छैन । खाद्यले तुलसीपुर कारागारलाई भने नियमित रुपमा खाद्यान्न सामग्रीहरु प्रदान गदै आएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad