Ad Area

अखिल नेपाल शिक्षक संगठन रुन्टीगढीको अध्यक्षमा घर्ती चयन


रोल्पा, ३१ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिको अध्यक्षमा केशरबहादुर घर्ती चयन हुनुभएको छ । रोल्पाको होलेरीमा आज सम्पन्न गाउँपालिका स्तरीय प्रथम सम्मेलनले घर्तीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा गोपीराम डाँगी, महिला उपाध्यक्षमा सुशीला बुढाथोकी, सचिवमा बालाराम केसी र कोषाध्यक्षमा बिना महरा भयन हुनुभएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिका अध्यक्ष केशर बहादुर घर्तीको अध्यक्षता तथा संगठनका रोल्पा जिल्ला ईन्चार्ज मधुसुदन पोख्रेलको प्रमुख आतिथ्य एकिकृत नेकपा माओबादी केन्द्रका रुन्टीगढी गाउँपालिका ईन्चार्ज जगत बहादुर घर्तीको बिशिष्ट आतिथ्यमा सम्मेलन भएको हो ।

सम्मेलन उद्घाटन सत्रमा संगठनका लुम्बिनी प्रदेश महिला उपाध्यक्ष कल्पना सुबेदी, प्रदेश सदस्य निम बहादुर केसी, हरिबहादुर खत्री, रोल्पा जिल्ला सहसचित्र जीतबहादुर वली, नेपाल शिक्षक महासंघ रोल्पाका जिल्ला सदस्य बामदेब अधिकारी र जुपिटर कुवरलगायतको सहभागिता रहेको थियो ।

सो संगठनका गाउँपालिका कार्यसमिति सदस्य कुलप्रसाद झाक्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य विष्णु कुमारी घर्ती मगरले गर्नुभएको रोल्पाबाट रेखा मगरले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad