Ad Area

परिषदको ७१औँ श्रृङखलामा पौडेलको एकल रचना वाचन


घोराही, ३१ भदौ । साहित्यकार अर्जुनकुमार पौडेल अर्जुन शरद्वारा एकल रचना वाचन शुक्रबार घोराहीमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ७१औँ श्रृङ्खलामा साहित्यकार पौडेलको एकल रचना वाचन गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य एवम् तथा राप्ती साहित्य परिषद्का सल्लाहकार, निवर्तमान अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यमा साहित्यिक कार्यक्रम भएको हो ।

एकल रचना वाचन कार्यक्रममा साहित्यकार अर्जुनकुमार पौडेल “अर्जुन शर“ले समसामयिक करिव डेढ दर्जन रचना वाचन गर्नुभयो । वाचित रचनाहरूको समीक्षा वरिस्ठ साहित्यकार तथा समालोचक डा. कृष्णराज डिसीले गर्नुभएको थियो । सो कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा साहित्यकारहरू डा हिमलाल पन्थी, नगेन्द्रकुमार आचार्य नगेन्द्र गुरू, डा. खेमराज मल्ल, शारदा शर्मा, धनसिंह गिरी, दामोदर पौडेल, सन्ध्या रेग्मी, गुरूप्रसाद केसी, नारदप्रसाद भण्डारी, खेमराज गाउँले, दिलकुमारी बुढामगर, कृति डिसी, बिक्रम ओली, विना दाहाल लगायतको उपस्थिति रहेको थियो ।

एकल रचना वाचन कार्यक्रममा आफ्ना रचनाहरू वाचन गरि साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा साहित्यकार अर्जुनकुमार पौडेल “अर्जुन शर“ लाई परिषद् जिल्ला शाखा दाङको तर्फबाट प्रशंसा पत्र र समीक्षक, विशिष्ट अतिथि, प्रमुख अतिथिलाई मायाको छिनो प्रदान गरिएको थियो ।

परिषद् जिल्ला शाखा दाङका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार डा. लोकराज पराजुलीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सदस्य विना रोकाले गर्नुभएको थियो । राप्ती साहित्य परिषदले नियमित रुपमा साहित्यिक गतिविधि संचालन गर्दै आएको छ । यो संस्था यस क्षेत्रकै पुरानो तथा क्रियाशील साहित्यिक संस्था हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad