Ad Area

वेबसाइटमा सार्वजनिक भएनन् नीति कार्यक्रम


अमरराज आचार्य
दाङ, ८ कार्तिक ।
दाङका स्थानिय पालिकाहरुले आर्थिक वर्ष २०७८-०७९ का लागि निती कार्यक्रम तथा बजेट पारित गरि सकेका छन् । तर सबै पालिकाहरुले राजस्व र व्ययको अनुमान (बजेट) अझै वेबसाइट मार्फत सार्वजनिक गरेका छैनन् ।

जिल्लामा रहेका १० स्थानिय तहहरु मध्ये ७ वटा स्थानिय तहहरुले मात्र आफनो वेव साइडमा चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेका छन् । अन्य ३ पालिकाले भने हाल सम्म सार्वजनिक गरेका छैनन् । जिल्लामा २ उप महानगरपालिका १ नगरपालिका र ७ वटा गाउपालिकाहरु रहेका छन् । जिल्लामा रहेका ३ स्थानिय तहहरुको वेव साइडमा हाल सम्म पनि आर्थिक वर्षको लागि पारित गरिएको बजेट भेटीदैन ।

जिल्लाका घोराही उप महानगरपालिका, राप्ती गाउपालिका, गढवा गाउपालिका, दंगीशरण गाउपालिका, बबइ गाउपालिका र शान्ति नगर गाउपालिका र बगलाचुली गाउपालिकाले मात्र वजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगर तथा गाउ सभावाट पारित भएको लामो समय हुदा सम्म समेत बजेट सार्वजनिक हुन सकेको छैन् । जिल्लाका अधिकाश स्थानिय तहहरुले असार १० मा बजेट पेस गरेर केहीले उसै दिन र केहीले अर्का दिन पारित गरेका थिए ।

खुला बजेट माथि बहस हुन थालेको सन्दर्भमा आफ्नै सभा बाट पारित भइसकेको बजेट पनि वेबसाइट मार्फत सार्वजनिक गर्न स्थानीय तह चुकेका छन् । यसरी राजस्व र व्ययको अनुमान (बजेट) सार्वजनिक नहुदा नागरिकले जानकारी पाउन समेत सकेका छैनन् । जसले गर्दा कुन कार्यक्रममा कति बजेट समेत सहज रुपमा पाउन नसकेको नागरिकको भनाइ रहेको छ ।

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८- ०७९ को बजेट तथा कार्यक्रम सहित आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ । त्यसैगरेर राप्ती गाउपालिकाले पनि चालु आर्थिक वर्ष २०७८-०७९को वजेट तथा कार्यक्रम सहितको रातो किताव आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ । गढवा गाउपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९को बजेट तथा कार्यक्रम सहितको रातो किताव आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ ।

दंगीशरण गाउपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९को बजेट तथा कार्यक्रम सहितको रातो किताव आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ । यसै गरेर बबइ गाउपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९को बजेट तथा कार्यक्रम आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ । शान्तीनगर गाउपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट तथा कार्यक्रम सहितको आफनो वेव साइड मार्फत सार्वजनिक गरेको छ । बंगलाचुली गाउपालिकाले पनि चालु आर्थिक वर्ष २०७८-०७९को बजेट तथा कार्यक्रम वेव साइडमा राखेको छ ।

Blog Post Ad

तर तुलसीपुर उप महानगरपालिकाले हाल सम्म चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट तथा कार्यक्रम वेव साइडमा राखेको छैन् । यसैगरेर लमही नगरपालिकाले पनि चालु आर्थिक वर्ष २०७८-०७९को वजेट तथा कार्यक्रम वेव साइडमा राखेको छैन् । राजपुर गाउपालिकाले हाल सम्म चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट तथा कार्यक्रम वेव साइडमा भेटीदैन् ।

प्रदेश सरकार बाट आउने बजेट सहित फाइनल गरेर राख्ने भनिएकाले हाल सम्म वेव साइडमा नराखिएको तुलसीपुर उप महानगरपालिकाका सुचना अधिकारी बावुराम न्यौपानेले जानकारी दिए । ‘प्रदेशको बजेट सहित फाइनल गरिएको छ केही दिनमा वेव साइडमा राखिने छ ’ सुचना अधिकारी न्यौपानेले भने ।

Blog Post Ad Blog Post Ad