Ad Area

जातको सम्मानमा असमानको बहस 


अङ्गराज परियार 

केहि समय देखि अखबारे लेखनमा दलितका बिषयले ध्यानाकर्षण गराईरहेको पाईन्छ । नाम चलेका कुनै कुनै राष्ट्रिय दैनिकमा दिनहुँ जसो दलितका बिषयमा लेखन छापियका छन र पढ्न पनि पाइन्छ । केहि दलितले बिशाङ्क गरेका छन र कोहि दलितले युगौ इतिहास बारेमा भने उत्तिकै कलम चलाउन थालेका छन । दलित समुदायको अर्थ राजनीतिक र सस्कृतिलाइ प्राथमिकता राख्ने हो भने गाउँगाउ टोलटोल नगर, नगर छिमेकी अनि देशमा रुपान्तरण समेत देश भन्दा माथिको मार्ग परिवर्तन देख्न पनि सकिन्छ । दलित समुदायको श्रम प्रतिको लगानी र भएका ज्ञान बिज्ञान कला र सस्कृती समाजका लागी न्याय ढोका हुन सक्छन ।

जात ब्यबस्था भित्र समाजको पिधमा रहेको बर्गिय रूपमा श्रमिक सास्कृतिक रुपमा बहिष्कार र पानी अचल समेत बनाइएका जातहरुको परिचयका रुपमा प्रयोग हुँदै आयको शब्द हो । दलित भित्र ती जातहरुको आर्थिक सास्कृतिक राजनीतिक अबस्था को नाम केहो त्यस्तो अबस्थामा रहेको एउटा समुदाय हो दलित जात (caste ) होइन र जाती ( nation ) पनि होइन यो बाध्यत्मक शब्दले अस्थिर बनाइदियको मात्र हो।

भारतमा अंग्रेज़हरुको साशन हुदा सन १९३० पछि राज्यले आजका दलितलाई ( अफ्रेस्ट क्लासेस ) भन्ने शब्द प्रयोग गरेको थियो जसको अर्थले उत्पीडन र विभेद जनाउन सकिन्छ । त्यतिबेला भारतीय समाजमा तल्लो जातको वा अछुत भनी आजका दलितलाइ आम सम्बोधन गरिन्थ्यो । नेपाल मा २०२४ साल भन्दा अगाडि आजको दलितलाइ अछुत र तल्लो जातको पानी अचल पौनि आदिको अपमान शब्द द्वारा सम्बोधन गरिन्थ्यो र बुझिन्थ्यो।

सन १९२० को आसपास देखि भारतमा कथित उपल्ला अछुतहरुको सङ्घर्षलाइ अगाडि बढाउने डा. भिमराब अम्डेकरको नेतृत्व अगाडि बढ्यो ।त्यो आसपासको बेलामा भने डा. भिमराब अम्डेकरले भने अखबार लेखनमा दलित अछुत शब्दबाट सम्बोधन गर्थे।

सन १९६५ पछि भारतमा दलित प्यान्थर मुभमेन्ट अगाडि आयो त्यो मुलत राजनीतिक जागरण आन्दोलन थियो । त्यसले संगठन र जागरण मै पहिलो चोटि दलित शब्द प्रयोग गर्यो त्यतिबेला उनिहरुले कथित अछुतका अलावा महिला र अन्य उत्पिडिनलाइ पनि दलितको परिभाषामा समेटेका थिय ।
“प्रभावस्वरुप २०२४ सालमा गठित नेपाल रास्ट्रिय दलित जनबिकास परिषद नामको सङठनले पहिलो पटक आफ्नो साझा परिचयका रुपमा दलित शब्द प्रयोग गर्यो ।यो नेपालको सेरोफेरोदेखि भारत र नेपालमा भिन्नभिन्न भाषा बोल्ने यहि सेरोफेरोमा अचल बनाइयका दलितहरु बिगतमा अछुत भनी परिगाणित लगायत शब्द संगठनका नाममा प्रयोग हुने गरियका थिय।

सम्मान संगै बेइमान पनि भयो :

“माओवादी जनयुद्धको क्रममा नेपालमा सबैभन्दा धेरै दलित गैरदलित अन्तरजातीय बिबाह भयको मानिन्छ । तर युग्द्द पछि धेरै जशो बिबाह किन सम्बन्ध बिच्छेदनमा परिणत भय” ? समतामूलक समाज बन्ने परिकल्पना बीच अन्तरजातीय बिबाहहरु क्रान्तिकै सास्कृतिक अङगका रुपमा कल्पना र गौरबको सहानुभुती पनि भय । क्रान्तिको बेलामा सामाजिक रुपान्तरण को लागि एउटा जिम्मेवारी कुरा थियो सिङ्गो समाज बदल्नुछ भनेर राजनीतिको सिधाान्तमा लागेका सर्बाहारा श्रमिक बर्गले यो युद्ध सफल पनि पारे ।अन्तरजातीय बिबाह गर्नेलाइ उत्तिकै सम्मान प्रशंसा पनि थियो ।

तर जनयुद्ध शान्त भयपछी धेरैका घरहरु बिग्रेका छन । हिजो घेरथोर लडि आयका ती पार्टिका दलित योग्द्वा पार्टिको बिचारहिनताका कारण आज आकारमा ठुला तर धार बिहिन खुकुरी जस्ता देखिन थालेका छन । ठ्याक्कै आजको परिबेशमा समयमै आफ्नो बैचारिकको धारमा नया पाइन नचढाउने हो भने ससदबादी पार्टिका दलित नेता कार्यकर्तालाइ पनि त्यस राजनीतिको खाइजिबिका लतले इतिहासमा भिजेको मुसो बनाउने मोटामोटि पक्कापक्की नै छ । प्रष्ट हुनैपर्ने यथार्थ केहो भने समाजमा जात ब्यबस्था बिरुद्ध र दलित मुक्तिको पक्षमा गरिने सङ्घर्ष आजको नेपालको दलाल पुजीवादी ब्यबस्था बिरुद्दको सङघर्ष बन्न पुगिसकेको हुन्छ ।

*अन्तरजातीय प्रेम जात ब्यबस्था बिद्रोह हो र अधिकास अन्तरजातिय प्रेमहरु किन असफल भैरहेका छन ?:

सामान्यत : बिपरितलिङ्ग बीच विकसित हुने यौन प्रेमको लक्ष्य बैबाहिक रुपमा समेत सहजिबनमा बस्ने गर्छ । तर जात ब्यबस्थामा आधारित सामाजले फरकफरक जातका बिपरितलिङ्गी महिला वा पुरुष वा अन्य लिङ्गिबिचको रक्तसम्बन्ध लाई सबभन्दा बढी बर्जित हुन्छ ।समाजमा जात ब्यबस्थाजन्री भेदभावका घटना मध्य सबैभन्दा हिसा समेत ब्यक्त हुने प्रसङ्ग पनि यहि रक्त पबित्रताको उलंघनपछि देखापर्ने हुदा यो बिषय प्रस्ट हुन्छ जस्तो लाग्छ त्यसकारण अन्तरजातिय प्रेम बिबाह जातब्यबस्थाको विरुद्ध स्वभाबैले बिद्रोह हो।

१) अन्तरजातीय प्रेम सम्बन्ध बनाउन पुग्ने जोडिको उमेर समुह ज्यादातर किशोर हुने गरेको पाइन्छ । यो स्वभाबिक पनि छ किनभने किशोर अबस्था यस्तो अबस्था होकि जुन बेला सबैभन्दा बढी भाबनात्मक उडान भर्ने मनस्थितिमा रहन्छ । जब समाजले जात ब्यबस्थासङ्ग नमिल्दो प्रेम सम्बन्ध वा बिबाहमाथी प्रश्न उठाउछ र जोडिहरुमाथी अनेकन दबाब दमन र उनीहरुको उमेर र सामाजिक हैसियतले त्यस सम्बन्धका विरुद्धमा आउने आक्रमणलाई प्रतिरोध गर्ने असम्भव प्राय बन्न पुग्छ ।यो स्थितिमा पनि प्रेम बिबाह असफल भयको देखिन्छ ।

२) आम रुपमा कुनैपनि उमेर समुहका जोडिले गर्ने अन्तरजातीय प्रेम र बिबाहविरुद्ध जात ब्यबस्थामा आधारित समाजका सबैभन्दा सरचना उभिन पुग्ने यथार्थ ज्ञात नै छ।सबैभन्दा पहिले त केटा वा केटि मध्य कथित माथिल्लो मानियको जातको जो छ त्यसको परिवार र नातागोता आक्रोशित बन्न पुग्छन ।कथित तल्लो जातको मानिसको सम्पतीको बर्गिय हैसियत वा राजनैतिक हसियतले पनि आक्रोशको मात्रा कम र बेसि बनाउने भुमिका खेल्छ।अन्तरजातीय भय पनि पानी अचल समेत मान्छेसङ्ग बनेको हो भने आक्रोशित हुन्छन् ।तर अलि मत्थर प्रकारमा प्रकट हुन थाल्छ उअसरी नै घरबार बिगृन्छ।

३) अन्तरजातीय प्रेम र बिबाहलाइ अनेक ताड्नापछि सफल बनायका जोडिहरुको अब लक्ष्य हुन्छ जिबनलाइ शुखमय बिताउनु त्यसका निम्ति दुई वटा बिषय अनिबार्य हुन्छ पहिलो भौतिक रूपमा सम्मानजनक जीबन ।तर यी दुबै कुरामा अन्तरजातीय बिबाह गरेको जोडिलाइ प्रतिफल बाधा उत्पन्न हुन थाल्छ ।यसरी पनि अन्तमा निचोड भने बिफल हुने र अबिजात बर्ग नै बनाउछ ।

एक शताब्दी अघि जनमहात्मा गान्धी, जवारलाल नेहरु, मुहम्दा, जिन्ना लगायतले कथित उच्च जात र सामान्त बर्गबाट विकसित झै भारतीय राजनीतिक हाकिरहेको समस्यामा समाजको सबैभन्दा पिधको समस्यालाई प्राज्ञिक रुपमा आलोचनात्मक राजनीति सहित राजनीतिकरण केन्द्रिय भागमा स्थापित गराउन सफल अम्ब्डेकरले सबैभन्दा ठूलो योगदान हो।

जात ब्यबस्थाले भौतिक श्रमलाई कमसल ठान्छ र अपमान गर्छ ।यसले भौतिक श्रम गर्ने विशाल जनसंख्यालाई समाजको बास्तबिकता चालक मान्दैन । तर पनि जात ब्यबस्थाले सबै मानिसका बिचमा कुनै न कुनै उचनिच वा भेदभाव खडा गर्छ । जसकारण अनन्त फुटेको पुनरुत्पादन भैरहन्छ ।जात ब्यबस्थाले हरेक मानिसलाई उसको रुचि क्षमता र प्रतीभानुसारको क्षेत्रमा जानबाट रोक्छ र जसकारण नयाँ नयाँ प्रतिभाको नयाँ नयाँ सृजना जन्मिन सक्ने सम्भावनाको ढोका थुनिन पुग्छ ।

किन दलित शब्द आफैमा पनि अपमानजनक छ ?

सबैभन्दा पहिले दलित शब्द स्थायी शब्द होइन बाध्यत्मक शब्द वा सस्कृत शब्द हो । त्यसको अर्थ पिल्सिएका , छियामिया परेका दलियका ,दबियका इत्यादि हुन्छ। तर यश कथित दलित शब्द प्रयोग गरिसकेपछि त्यो शब्दको अर्थ परम्परागत शब्दकोशमा उल्लेख भयको मात्रै अर्थमा सिमित रहेको छैन । एक जमानामा साझ भयपछी अछुतहरुलाइ सहर पस्न बन्देज थियो किनभने अछुतले अशुद्ध र अपबित्र तुल्यायको र सहरलाई शुद्ध पार्न घाम पनि डुबिसकेको हुन्थ्यो रे । आजको जमानामा भुपु अछुतहरुलाई सहर पस्नमा कुनै कानुनी बाधा छैन ।यहि नियतले गर्दा दलित शब्द आफैमा अपमानजनक छ ।

नेपालमा २०२४ सालदेखि दलित आन्दोलनले लगातार आफ्नो साझा परिचयका रुपमा दलित शब्दलाई नै अगाडि बढाउदै आयो । जसरि पन्चायतले यो शब्दलाई इन्कार गरेको थियो त्यसरी नै नेपालका प्रजातान्त्रिक र कम्युनिस्ट धारका सबै पार्टीले पनि यो परिचयलाई अस्विकार गर्दै आय ।पन्चायतबिरोधी राजनितिक पार्तिहरुको धार समेत पन्चायतको जस्तै हुन पुग्नुमा सयोजन मात्र हुन नगइ दलित समुदायले हेर्ने सैद्धान्तिक समस्याले काम गरेको सजिलो बुझ्न सकिन्छ ।

“दलित शब्दको सट्टामा “शिल्पी कै मात्र बहस कस्तो छ ?”

मैले दलित आन्दोलन बारे अध्यन गरेको बिषयमा जघन्य घटनाहरु घटेको बहस दिनप्रतिदिन ब्युतिन्छ पनि। पहिलो कुरा दलित यदि कसैले अपमानजनक रुपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाइ परिवर्तनका निम्ति अन्त्री शब्दको खोजी मनाशिब नै हुन सक्दथ्यो । तर स्पष्टता भयको कुरा हो दलित कुनै अपमानका निम्ति प्रयोग भयको शब्द होइन । त्यसकारण लामो समयदेखि सङ्घर्ष गरेर विभिन्न भाषीक समुदाय र जातिमा छरिएका दलितहरुकाइ एउटै परिचयमा सम्बोधन गर्न सकिने गरि दलित शब्द स्थापित गर्न लागि पर्नु समयको बर्बादी हो र बुद्दिमतापुर्ण काम होइन।शिल्पी शब्दले दलित भित्र रहेका सबै जातको सहि प्रतिबिम्बन गर्दैन ।

दलित भित्र बिज्ञान प्रबिधिमा काम गर्ने कामी गर्ने चमार सार्की दमाइ ढोली बादी हुड्के गर्न्दर्भ लगायत बैज्ञानिक प्रबिधिमा छन।त्यसै गरि साङिगितिक रुपमा दलित दमाइ सार्की हुड्के ढोली पनि उत्तिकै अगाडि स्वर्गका तारा बनिसकेका छन।अनि सफाइजस्तो सेवा जन्य काममा पनि उत्तिकै रुचि अबिलाषा व्यक्त गर्छन। तर भने जात अनुसारको काम गराउने प्रबितिले गर्दा यो पुरै सामान्तिबादको बहस मात्र ब्युतिन्छ । बस्तिमा चौकिदारी गर्ने परम्परागत पेशामा दुसाध खेतीयोग्य भुमिको निर्माण गर्ने मुसहर जस्ता जात पनि छन ।जुन शिल्पकारिता होइन बरु सेवा र उत्पादन कार्य सङगजोडिएको परम्परागत पेशा हुन ।

कतिपयले यस्तो तर्क पनि दिने गरेका छन हिन्दु शास्त्रका कतिपय सन्दर्भमा त्यतिबेला प्राबिधिक वा सृजनशिल कतिपय पात्र समुदायलाइ शिल्पी शब्द प्रयोग भयका छन । आजका दलित तिनै शास्त्रका पात्रहरुका सन्त्तती समुदाय हुन त्यसैले उनिहरुलाइ शिल्पी भन्नुपर्छ । हामिके कुनै शब्द किन र के कारणले प्रयोग गर्ने भन्ने कुरा कुनै शास्त्रमा रचियको मिथकका आधारमा खोज्न थाल्ने कि आजको सङ्घर्ष अगाडि बढाउनको लागि कुन शब्दले तत्काल सबैलाई समेट्न र परिचालन गर्न सजिलो हुन्छ भनेर सोच्ने शास्त्रहरुमा शिल्पी भनेर ज जसलाइ सम्बोधन गरियको पाइन्छ ती सबै मुलत: सवर्ण पात्र हुन।

अपमान र सम्मानको बहसमा राजनीतिक मात्र हुदो रैछ भन्ने मलाइ लाग्छ । दलितहरु प्राय हलिया बाहुरे, कमैया , हुन हामीले बैक भोटको रुपमा प्रयोग गर्नु पर्छ भन्ने प्राय जनमानसमा छ यो व्यबहार गर्छन पनि ।दलित नेताको सातो पुत्लो कहाँ नीर जान्छ भने जब गाउमा प्रबेश गर्छ कोहि कथित माथिल्लो जातिको मान्छेले कुनै योजनाको बहसमा कुरा उठाउन खोज्छ त्यो बेला दलित नेता बोल्छ त्यसबेला हेपेर बोल्छन उस्लाइ बोल्न मुस्किलै पर्छ कसैले सहयोग नगरेको बेला उ जिल्ल पर्छ त्यो बेला देखि कायरा भयका दलित नेताहरु न्यून अबस्थाको सुचिमा पर्छन। यस्तो अबस्थाबाट हामिले नया पुस्ताको बाटो परिवर्तन गर्नको लागि हामी आफैमा अग्रसर हुन आजको टड्कारो छ।