Ad Area

नेपाल वुद्धिजीवी परिषदको दाङमा क्षेत्रीय समिति बिस्तार हुने


घोराही, १ असोज । नेपाल वुद्धिजीवी परिषद दाङको बैठक घोराहीमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष विकास गौतमको अध्यक्षता तथा केन्द्रीय सदस्य श्यामकुमार आचार्यको प्रमुख आतिथ्यमा शनिबार बसेको बैठकले आसन्न प्रदेश अधिवेशन, क्षेत्रीय कमिटी गठन लगायत विषयमा निर्णय गरेको छ ।

परिषदले दाङको ३ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति बिस्तार गर्ने निर्णय गरेको छ । जस अनुसार, यही असोज ११ गते क्षेत्र नम्बर ३ मा सचिव पदमप्रसाद न्यौपानेलाई तुलसीपुरमा व्यवस्थापन गर्न, क्षेत्र नम्बर २ मा असोज १२ गते घोराहीमा अध्यक्ष विकास गौतमलाई व्यवस्थापन गर्न र असोज १३ गते क्षेत्र नम्बर १ लमहीमा परिषद सदस्य ताराप्रसाद भुसाललाई व्यवस्थानि गर्न पहल गर्ने गरी जिम्मेवारी तोकिएको छ । जिल्ला परिषदले तोकेको मितिमा क्षेत्रीय समिति गठनका लागि क्षेत्रगत रुपमा आन्तरिक व्यवस्थापन गर्न समेत बैठकले निर्णय गरेको छ ।

यसैगरी, वुद्धिजीवी परिषदको प्रदेश अधिवेशन यही असोज ८ गते नेपालगंजमा हुने भएकाले परिषद दाङबाट पदाधिकारी सबै र २५ सदस्य बराबर १ जनाका दरले हुने संख्याका आधारमा ६ जनाको नाम सिफारिस गरेको छ ।

जसमा परिषद दाङका अध्यक्ष विकास गौतम, उपाध्यक्ष तीर्थराज न्यौपाने, सचिव पदमप्रसाद न्यौपाने, सहसचिव लहर आचार्य, कोषाध्यक्ष तारा पौडेल तथा सदस्यहरुबाट राजेन्द्र गौतम, ताराप्रसाद भुसाल, खगेश्वर पौडेल, रामप्रसाद गौतम, नवराज अधिकारी र चन्द्रबहादुर थापाको नाम प्रदेश अधिवेशनमा सहभागी हुन बैठकले सिफारिस गरेको छ ।

यस्तै, बैठकले नेपाल वुद्धिजीवी परिषद दाङका सदस्य पद्मप्रसाद आचार्यका वुवा बलदेव शर्मा आचार्यको निधन प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।