Ad Area

हातेमालो वचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः थापा चयन


घोराही, १ असोज । हातेमालो वचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि शर्माले गोविन्दप्रसाद शर्मा संस्थामा आवद्ध शेयर सदस्यको अनुपातमा ऋणी सदस्य संख्या बढाउन सुझाव दिनुभएको छ ।

उहाँले वित्तीय सुशासनमा ध्यान दिँदै सहकारीको मूलभूत सिद्धान्तमा रही आर्थिक कारोबारलाई निरन्तरता दिन आग्रह गर्नुभयो । जिल्लामा रहेका सयौँ सहकारीहरुमध्ये उत्कृष्ट पाँचमा पर्न सफल सहकारीका रुपमा रहेकाले आगामी दिनमा पनि संस्थाको साखलाई बचाउँदै काम गर्न सचेत गराउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले १८ प्रतिशत लाभांश दिने संस्थाका रुपमा सहकारी बन्न सक्नु नै सफल सहकारीका रुपमा रहेको स्पष्ट हुने बताउनुभयो । निष्क्रिय पुँजी संकलन गरेर आर्थिक चलायमान बनाउन सहकारीले भुमिका खेलेको भन्दै सहकारीको ३ खम्बे अर्थ नीतिलाई सार्थक बनाउन हातेमालो सहकारीले ठुलो योगदान दिएको उहाँहरुको भनाई थियो । सहकारीको नीति, विधि र प्रविधिमा स्पष्ट हुनुपर्ने बताउँदै बढ्दो आर्थिक कारोबारले जोखिम पनि थपिने हुँदा सरकारीको गुणस्तरीयतामा ख्याल गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख हुमलाल भुसाल, राष्ट्रिय सहकारी बैंक घोराहीका डिल्लीराज दाहाल, नेफ्स्कुन फिल्ड कार्यालय दाङका विष्णुदत्त जोशी, जिल्ला वचत संघका सचिव बिमल अधिकारी शेयर सदस्यहरुका तर्फबाट छमा पराजुली र रेशम खड्कालगायतले भनाई राख्नुभएको थियो ।

५७ प्रतिशत महिला शेयर सदस्य रहेको सहकारीमा ४६ करोड २४ लाख ४३ हजार २ सय ७४ रुपैयाँ कुल पुँजी रहेकोमा शेयर पुँजी ४ करोड २० लाख ३६ हजार ४ सय रहेको संस्थाले जनाएको छ । वचत तर्फ ३३ करोड ५३ लाख ५२ हजार गरेको सहकारीले ३५ करोड २५ लाख ६ हजार ऋण प्रवाह गरेको बताउँदै संस्थाका कोषाध्यक्ष रामचन्द्र कार्कीले २ हजार ६ सय ९७ शेयर सदस्य संख्या रहेकोमा १ हजार ५ सय ३८ महिला र १ हजार १ सय ५९ पुरुष सदस्य रहेको जानकारी गराउनुभयो ।

Blog Post Ad

विभिन्न व्यक्तिहरुलाई सम्मान

साधारण सभाका अवसरमा सहकारीले संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जेष्ठ नागरिक सम्मानबाट मेघराज पौडेल, लालमणि पन्त उत्कृष्ट वचतकर्तातर्फ ऋषिराम खरेल, तुलबहादुर बुढाथोकी उत्कृट ऋणी तर्फ धनिप्रसाद वली, जयपुरी रोका तथा उत्कृष्ट विद्यार्थीतर्फ सिजन रिजाल र सागर नेपालीलाई नगदसहित सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र कार्की, वार्षिक प्रगति विवरण सचिव हरिप्रसाद रिजाल तथा लेखा प्रतिवेदन सुरेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षमा पुनः कुलबहादुर थापा

हातेमालो सहकारीले आगामी कार्यकालका लागि नयाँ कार्य समिति पनि चयन गरेको छ । जसको अध्यक्षमा पुनः कुलबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा भगवती शर्मा, सचिवमा केशवदीपक मजगैयाँ, कोषाध्यक्षमा रामचन्द्र कार्की सर्वसम्मत चयन हुनुभएको उपाध्यक्षमा भगवती शर्मा, सचिवमा केशवदीपक मजगैयाँ, कोषाध्यक्षमा रामचन्द्र कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, सहकारीको कार्यसमिति सदस्यमा प्रेमप्रसाद गौतम, ऋषिराम रिजाल, दानप्रसाद श्रेष्ठ, कृष्णप्रसाद रिजाल, सुरेशकुमार श्रेष्ठ, भाष्कर मजगैयाँ र कवल बुढा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले लेखा सुपरीवेक्षण समिति संयोजकमा जनक शाह चयन हुनुभएको छ भने सदस्यहरुमा विष्णु भण्डारी र केशवराज पन्त चयन हुनुभएको छ । कार्यसमितिको कार्यकाल आगामी ४ वर्षको रहेको छ । संस्थाकी उपाध्यक्ष भगवती शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य ऋषिराम रिजालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad