Ad Area

एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा, सर्वेपछि बजेटको सुनिश्चिता : मन्त्री श्रेष्ठ


घोराही, ६ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बिहीबार दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणका लागि आएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरिक्षणपछि अव विस्तार गर्दै ७२ सिटे हवाइजहाज बस्न सक्ने गरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताएका हुन । त्यसका लागि राम्रो सम्भावना समेत रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

‘एयरपोर्ट विस्तारको राम्रो सम्भावना छ’,मन्त्री श्रेष्ठले भने,‘ एयरपोर्टको स्तरोन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन पहल गर्नेछु ।’ दशैं लगतै सर्भेको काम सुरू हुने र त्यसपछि बजेट सुनिश्चितता गरि धावन मार्ग विस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए ।

‘हामी दाङ एयरपोर्ट विस्तारका लागि अवस्था के रहिछ भनेर अवलोकनका लागि आएका हौं’, मन्त्री श्रेष्ठले भने,‘एयरपोर्ट निर्माण भएको लामो समय भएको रहिछ । निरिक्षण गर्दा विस्तारको सम्भावना पनि रहिछ । अब छिट्टै हामी ७२ सिटे जहाज अवतरण गर्ने गरि एयरपोर्टको धावनमार्ग बिस्तारमा लाग्छौं ।’

२०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि नहुँदा नियमित उडान हुन सकेको छैन । मन्त्री श्रेष्ठले नेपालको भौगालिक अवस्थाका कारण सवै क्षेत्रलाई जोड्का लागि हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागेको बताए । ।

एयरपोर्टको विकासमा सवैको सहयोग आवश्यक ; मन्त्री चौधरी

Blog Post Ad

यसैविच शहरी विकास मन्त्री मेटमणि चौधरीले टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैले सहयोग आवश्यक रहेको बताए । मन्त्री चौधरीले भएको एयरपोर्टको विकास भन्दापनि नयाँ एयरपोर्ट बनाउनतिर ध्यान दिदा अहिले भएको एयरपोर्टको स्तरउन्नती हुन नसकेको उनको भनाइ थियो ।

एयरपोर्ट बनेको लामो समय भैसक्दा पनि एयरपोर्टको सुधार नहुनु लज्जाबोध भएको मन्त्री चौधरीले बताएका हुन । ‘टरिगाउँ एयरपोर्ट स्थापना भएको लामो समय भैसक्दा सुधार हुनुको सट्टा झनपछि खस्किदै जाँदा लज्जाबोध भइरहेको छ’,सहरी विकास मन्त्री चौधरीले भने,‘जिल्लाबासी भएरपनि म काठमाडौं जाँदा आउँदा बाँके वा भैरहवाबाट यात्रा गर्नुपर्दा निकै पीडा बोध हुने गरेको छ ।’

मन्त्री चौधरीले जिल्लामा भएको एउटा एयरपोर्ट विस्तार गर्न नसक्ने दाङले कस्ता नेता जन्माएको रहिछ भन्ने लाग्ने गरेको बताए । उनले ७२ सिटे प्लेन बस्न सक्ने गरि टरिगाउँ एयपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैंसाको अभाव हुन नदिने बताए ।

त्यसैगरी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले टरिगाउँ एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताएका हुन । राज्यमन्त्री केसीले टरिगाउँको एयरपोर्टको विकास हुन सके दाङको विकासले गति लिने बताए । उनले त्यसका लागि एयरपोर्टमा कसैले पनि राजनीति गर्न नहुने बताए । ‘म टरिगाउँ एयरपोर्टको स्तरउन्नतीका लागि पहल गरिरहेको छ । एयरपोर्टमा राजनीति गर्न आएको होइन’,राज्यमन्त्री केसीले भने,‘मलाई एयरपोर्टको सेन्टिमेन्ट देखाएर भोट तान्नु छैन ।’

Blog Post Ad Blog Post Ad