Ad Area

आईटिएफ तेक्वान्दोमा दाङलाई तीन स्वर्णसहित ११ पदक


दाङ,७ असोज । नवौं राष्ट्रिय प्रतियोगिताका लागि लुम्विनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघले तीन स्वर्णसहित ११ पदक जितेको छ ।

यहि असोजको ४ र ५ गते रुपन्देही जिल्लाको बुटवलस्थीत जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा भएको छनोट प्रतियोगितामा दाङ जिल्लाको टिमले तीन स्वर्ण, ६ रजत र २ काश्य गरि जम्मा ११ पदक जितेको दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा ४५–५० तौल समूहतर्फ सन्तोष बुढामगर, ५०–५५ तौल समूहतर्फ अर्जुन नेपाली र महिलातर्फ ६५ प्लसमा संञ्जीता बुढामगरले स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको पुरुषतर्फ ६०–६५ तौल समूहमा सरोज बुढामगर, ८५ प्लसमा अनुराग रोका क्षेत्री, महिलातर्फ ४५–५० तौल समूहमा सविना बुढामगर, ५५–६० तौल समूहतर्फ अमृता घर्तीमगर, ६०–६५ तौल समूहमा बन्धना चौधरीले रजत र काश्यतर्फ ५०–५५ तौल समूहमा दिपिका गिरीलगायताका खेलाडीले पदक जितेका थिए । प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङको समूहको कोचको भूमिकामा मधु पन्त रहेका थिए ।

लुम्विनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्वर्ण पदक बिजेताले असोजको २८ गतेदेखि कार्तिकको ४ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशस्तरीय छनोट प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad