Ad Area

जन्मदिनको अवसरमा विद्यार्थीलाई स्वीटर


दाङ, ७ असोज । जिल्लाका एक युवाले आफनो जन्मदिनको अवसरमा विद्यार्थीलाई स्वीटर, कापी र कलम प्रदान गरेर मनाएका छन् । घोराही उपमहानगरपालिका–१५ निवासी मुकेश डिसीले आफनो ३६ औ जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका–१८ मा रहेको आधारभुत विद्यालय गिठेपानीका वालवालिकाहरुलाई सहयोग गरेर मनाएका हुन ।

पछिल्लो समयमा जन्मदिनको अवसरमा पछिल्लो समय वृद्ध आश्रम तथा असायहरुलाई सहयोग गरेर मनाउने गरेका छन् । शुक्रवार विद्यालयमा पुगेर उनले सहयोग हस्तान्तरण गरेर मनाएका हुन । जन्मदिनको अवसरमा सानो भएपनि सामाजिक कार्य गर्न उदेश्यले यस प्रकारको कार्य गरेको डिसीले बताए । उनले ४५ जना वालवालिकाहरुलाई स्वीटर, कापी र कलम प्रदान गरेका हुन । स्वीटर र कापी कलम पाएपछि विद्यार्थीहरु समेत खुसी भएका थिए ।

विद्यालयमा अध्ययनरत सानो कक्षाका वालवालिकाहरुलाई उक्त सामाग्री प्रदान गरिएको हो । ‘जन्म दिन रचनात्मक तरिकाले मनाउने उदेश्यले यस प्रकारको कार्य गरेको हु’ उनले भने । जसले वालवालिकाहरुलाइ सानो भएपनि सहयोग मिल्ने छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले आर्थिक रुपमा पछाडी पारिएका समुदायमा वालवालिकाहरु अध्ययन गदै आएको बताए । यस प्रकारको सहयोगले विद्यार्थीहरुलाइ सहयोग पुगेको उनको भनाइ रहेको छ । ‘यस प्रकारको सहयोग आउदा दिनका पनि हुने छ’ उनले भने ।

विद्यालयको विकासमा सबैको सहयोग रहने अपेक्षा उनको रहेको छ । पछिल्लो समय विद्यालयको शैक्षिक सुधार तथा पूर्वधारको विकासमा लागि पहल भइ रहेको उनले बताए । ‘विद्यालयको विकासका लागि सबैको सहयोग लिएर नै अगाडि बढने छौ’ उनले भने । गणतन्त्र राष्ट्रिय पत्रिकाका सम्पादक सविन प्रियासनले जन्मदिनको अवसरमा हुने खर्च रचनात्मक कार्यमा लगाउन आवश्यक रहेको बताए । रचनात्मक कार्यले समाजको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । कार्यक्रम आधारभुत विद्यालय गिठेपानीका शिक्षक हिरा केसीको स्वागत मन्तव्यवाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक हिमलाल पाण्डेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad