Ad Area

दाङ बन्यो प्रदेशस्तरिय एथलेटिक्स च्याम्पियन


दाङ, ७ असोज । नवौ राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै दाङ जिल्ला च्याम्पियन भएको हो । त्यस्तै ६ स्वर्ण,४ रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितीय हुँदा कपिलवस्तु जिल्ला ४ स्वर्ण, ४ रजत र २ काश्य पदक हात पार्दै तृतीय भएको छ ।

त्यस्तै बाँके जिल्ला ३ स्वर्ण, १४ रजत र ३ कास्य पदकका साथ सान्त्वना भएको छ । यसैबिच छ्नोट प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष पाल्पी चौधारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अवसरमा बिजेता जिल्ला तथा खेकाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

लङजम्पमा निशाको नयाँ रेकर्ड

यसैविच दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छिन । नवौ राष्ट्रिय खेलकुद अन्तरगत बेलझुण्डीमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी चौधरीले १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बनाएको ५.४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५ ५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।

तुलसीपुर नगरस्तरको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागीता जनाएकी निशाले ट्रयाकतर्फ छोटो दुरीको १००÷२०० मिटर दौड र फिल्डतर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । बिद्यालयस्तरको सामान्य प्रशिक्षणबाट आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेकी निशाले एक पछि अर्को सफलता हात पार्दै आएकी छिन ।

Blog Post Ad

उनी जिल्ला प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी हुन । आफ्नै कृतिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।

Blog Post Ad Blog Post Ad