Ad Area

निधार खुम्च्याएर सबैले नसोँचे फेरि ‘कमलरी जन्मने’ खतरा


घोराही, ८ असोज । लैंगिक हिंसा, बालविवाह तथा कमलरीहरुको सवाल विषयक जनप्रतिनिधि, महटावाँ र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ ।

मुक्त कमलरी विकास मन्चकि कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा अन्तरक्रिया भएको हो । कार्यक्रममा मन्चका कानूनी सल्लाहकार फकला थारुले नेपाल सरकारसँग २०७० मा भएको १० बुँदे सहमति पूर्ण कार्यान्वयन हुन नसक्दा अहिले विभिन्न खालका समस्याबाट मुक्तकमलरीहरु बाँच्न विवश भएको बताउनुभयो । ‘अहिले पनि सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘मुक्त कमलरीलाई उचित व्यवस्थापन गर्न पुनस्थापना गर्ने भनिएको हो तर हुन सकेको छैन । यसका लागि राज्यले बसोबासका लागि घरघरेडी, जिविकोपार्जनका लागि सीप र लगानी गर्न जरुरी छ ।’

उहाँले लामो संघर्षपछि उत्थान गरिएको कमलरी मुक्तिको पूरा व्यवस्थापन हुन नसकेको तर ढिला गरी शुरु भएको हलिया आन्दोलनले सार्थकता पाएको बताउनुभयो । अब उहाँले यो विषयमा राज्यका हरेक निकायले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विषयमा अब निधार खुम्च्याएर सोचिएन भने फेरि कमलरी जन्माउने खेल हुनेछ । अब पालिकाले आफ्ना क्षेत्राधिकारमा रहेका मुक्त कमलरीको गाँस बास, कपास, शिक्षा, रोजगारका बारेमा स्पष्ट नीति बनाएर अघि बढ्न जरुरी छ ।’

उहाँले दाङका पालिकाले हरेक वर्ष कम्तिमा हरेक वडाबाट एक–एक जना मुक्त कमलरीलाई प्राविधिक सीप दिन सके पनि क्रमिक रुपमा सम्बोधन हुने बताउनुभयो । समाजमा अहिले पनि बालविवाह हुने क्रम नरोकिनुमा पूर्वाधारमा ध्यान सबैको ध्यान गएपनि मनोविज्ञान विकास, आचरण विकास, सोँच विकासको पूर्वाधारमा ध्यान नदिनु नै कारण रहेको बताउनुभयो । ‘जनचेतना जगाउन नसकेको होकी, सामाजिक विकासमा ध्यान नपुगेको होकी भन्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक विकासमा ध्यान दिनुपर्छ ।’

मन्चकी संस्थापक अध्यक्ष मन्जिता चौधरीले अशिक्षाको कारण समस्या भोगेको बताउँदै अब समाजमा सचेतनाको पाटोलाई सबैले आत्मबोध गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले समुदायमा हुने गरेको बालविवाह अन्त्यका लागि बालविवाह पछिको अवस्थाका बारेमा सुसूचित गराउने काम गरिरहेको बताउनुभयो ।

Blog Post Ad

‘तर यसमा सबैको भुमिका हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कमलरी प्रथा अन्त्य गर्न दुई दशक लाग्यो । यस्तै काममा सार्थकता पाउन समय लाग्ला तर निरन्तरता जरुरी छ ।’ उसो त, घोराही ८ सेवारकी देउकुमारी चौधरीले स्थानीय सरकार भएपनि न्यायीक समितिले गाउँ टोलमा पुगेर कानूनी पक्षका बारेमा सुसूचित गराउँदै सतर्क गराउनु नसकेको बताउनुभयो । घोराही २ बालापुरकी निर्मली चौधरीले वडामा स्थानीय न्यायीक समितिको निगरानी बलियो हुनुपर्ने बताउनुभयो ।

घोराही ४ सुनपुरका हिमलाल चौधरी, घोराही २ सुर्केडाँगीका सोमप्रसाद सुवेदी, घोराही ४ लक्ष्मीपुरका खुशीराम चौधरी, घोराही ४ डाँडागाउँका बुझौना चौधरी, घोराही ८ दुन्द्राका सुमानबहादुर खड्कालगायतले समुदायमा भईरहेको बालविवाह रोक्न अनेकन प्रयास गरे पनि उनीहरुका अभिभावक नै बाधक बनेको बताउनुभयो । बालविवाह कानूनले वर्जित गरेको विषय भएको बताउँदै उमेर पुगेपछि मात्रै विवाह गर्न आग्रह गर्दा उल्टै अनेकन लान्छना सुन्नुपरेको बताउनुभयो । बाल उमेरमा काम नलगाउन, बालविवाह नगर्न सचेत गराउँदा अनेकन भनाई खानु परेको उनीहरुको भनाई थियो ।

थारु कल्याण कारिणी सभा दाङ देउखुरीका अध्यक्ष भुवन चौधरीले कमलरी मुक्त भईसकेपछि केही उपलब्धि भएको बताउनुभयो । तर, अहिले नै काम काम पूरा भयो भन्न नमिल्ने बताउनुभयो । ‘समाज विकासका कारण सबै समस्या टुंगिने अवस्था त छैन तर दवाव जरुरी छ,’ उहाँले भन्नुभयो ।

वडा नम्बर ८ का वडाअध्यक्ष जितेन्द्र शाहले समुदायमा बालविवाह भुसको आगो जस्तै फलिएको बताउनुभयो । ‘न्युनीकरण कसरी गर्ने भन्ने बारे सोँच्न र कार्यान्वयन गर्न जरुरी छ’ उहाँले भन्नुभयो ‘सबै वडाका विद्यालय तहबाटै कडाईका साथ बालविवाह, लागू औषध न्युनीकरणका कार्यक्रम र सचेतना फैलाउन आवश्यक छ । तल्लो तहबाटै सुधार गर्न लागौँ ।’

उपप्रमुख हुमा डिसीले अभिभावक विहिन मुक्त कमलरीहरुको गाँस, बास र कपासको व्यवस्था गर्न तयार रहेको बताउनुभयो । ‘नागरिकको आधारभूत सेवामा स्थानीय सरकारले काम गर्न दायित्व हो,’ उहाँले भन्नुभयो, ‘सभ्य समाज निर्माणमा सबैको हातेमालो चाहिन्छ, पालिका एक्लैले सबै गर्न सक्ने अवस्था रहन्न ।’

नगरप्रंमुख चौधरीले निवारण भएका, अभियान सफल भएको भनिएका क्षेत्रमा समस्याका अवशेष देखिनुलाई अन्यथा लिन नहुने बताउनुभयो । ‘दीगो रुपमा समाधान गर्न पहल हुनुपर्छ , निरन्तरताबाट पूर्ण समाधान गर्न लागि पर्ने हो’ उहाँले भन्नुभयो ‘त्यसका लागि समस्याको श्रोत खोजौँ । अभिभावक, समाज, परिवार, समुदाय, टोल, वडा, जनप्रतिनिधि कसको कमजोरी छ । समस्या पहिचान गर्नुपर्छ ।’

समस्या पहिल्याएर समाधान गर्न बाटोमा लाग्ने सके समाधान मिल्ने हुँदा अहिले घोराही यही बाटोमा उन्मुख भएको तर्क गर्नुभयो ।
‘बालबालिकाको अवस्था सुधारका लागि पनि क्षतता विकासमा ध्यान दिन जरुरी छ । लैंगिक हिंसा मानव समाज रहेसम्म रहिरहन्छ । तर, कति कुन खालको हुन्छ भन्ने मात्रै हो,’ उहाँले भन्नुभयो ‘पालिकालाई लैंगिक हिंसामुक्त बनाउन अघि बढेका छौँ । अब नयाँ पुस्ता सचेत बन्दै आएको छ । कालान्तरमा समाधान हुने विश्वास छ ।’

गरिबी, अभाव पछौटेपन समस्याका कारकका रुपमा रहेकाले अबको समाज कस्तो मोडलको बनाउने भन्ने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो तल्लो तहबाटै सभ्य नागरिक उत्पादनमा आफुहरुको ध्यान भएको जिकिर गर्नुभयो । कार्यक्रमममा शारीरिक, आर्थिक, मानसिक, सामाजिक, सांस्कृतिक, राजनीतिक हिंसाका बारेमा वृहत छलफल भएको थियो ।

कमलरी आन्दोलन र उपलब्धि तथा कानुनी व्यवस्था, बालविवाह, लैंगिक हिंसा, कमलरी प्रथा न्युनीकरणमा स्थानीय तहको भुमिका, टोल विकास संस्था, अगुवाको भुमिका विषयकमा दुर्गालाल केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष राममणि पाण्डे, वडा नम्बर २ का वडाअध्यक्ष चित्रबहादुर चौधरी, वडाका सदस्य, नागरिक अगुवालगायत उपस्थित हुनुभएको थियो ।

मुक्त कमलरी, सिमान्तकृत वर्ग, पीडित महिलाहरुको पक्षमा पैरवी गर्दै आएको विकास मन्चले खासगरी मुक्त कमलरी किशोरीहरुको शिक्षा, रोजगार र भविष्यका बारेमा विशेष गरी चासो लिँदै आएको छ । उसो त, किशोर किशोरीहरुको सर्वाङ्गिणहितका लागि शिक्षा, सचेतनाका कार्यक्रम गर्दै आएको छ । मन्चकी सचिव निर्मला चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको अन्तरक्रियाको सहजीकरण कार्यक्रम संयोजक नवीन चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad