Ad Area

कृषिको बजेट सात करोड बढी


दाङ, १० असोज । कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९-०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आइतवार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम, बजेट सार्वजनिक तथा गत वर्षको समीक्षा र स्थानीय तहका कृषि प्राविधिकसँग अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले चालु आर्थिक वर्षमा कूल ७ करोड ३ लाख २६ हजार बजेट रहेको जानकारी दिए । चालुतर्फ ७ करोड १ लाख २१ हजार र पुँजीगततर्फ ६५ लाख ५ हजार छ ।

कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि २ करोड १९ लाख २८ हजार, साधारण कार्यालय सञ्चालन तथा प्रशासन ३ करोड ५८ हजार, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका ४९ लाख ३९ हजार, कृषि तथा पशपन्छीजन्य उद्योग यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमका लागि ७९ लाख ५६ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रम ३१ लाख ९० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान ३७ लाख ५० हजार रहेको उनले बताए ।

पुँजीगत खर्च साधारण कार्यक्रममा ५० लाख ५ हजार, कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद १५ लाख रहेको उनले बताए । उनकाअनुसार अघिल्लो आर्थिक वर्षको भन्दा बजेट घटेर आएको उनले बताए ।

कार्यक्रममा केन्द्रका कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले अघिल्लो आर्थिक वर्षमा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित कार्यक्रमको प्रभावबाट दाङमा तरकारी खेतीमा ६ सय ५० जना व्यावसायिक कृषकद्वारा उत्पादित ताजा तरकारी ६१ करोड ३८ लाख बरावरको जिल्ला बाहिर निकासी गर्ने गरिएको बताए ।

मकै ३३ करोड ६० लाख जिल्ला बाहिर निकासी गर्न सकिएको, १७ करोेड २८ लाख बराबरको मह बाहिर निकासी गर्न सफल भएको उनको भनाइ रहेको छ । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख धनश्याम चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य जुनकुमारी बुढाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले कृषकको मागअनुसारका योजनाहरू नआउँदा कार्यान्वयनमा समस्या हुने गरेको बताएका थिए ।

Blog Post Ad

कृषकहरूलाई अनुदानका लागि स्थानीय तहसम्म सूचना प्रवाह गरिनुपर्ने बताएका थिए । अहिले पनि धेरै कृषकले सूचना पाउन नसकेको उनीहरूको भनाइ थियो । कार्यालयका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका कमल रेग्मीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad