Ad Area

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


सल्यान, १५ असोज । ९ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको हप्ता दिन बित्न नपाउँदै सल्यानमा आज फेरी दुर्घटना हुँदा दूई जनाको ज्यान गएको छ ।

शनिबार बिहान पौने ७ बजेतिर सल्यान कुमाख गाउँपालिका ७ जिमालीस्थित भित्री कच्ची सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्न जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ।

जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। ज्यान गुमाउनेमा कुमाख गाउँपालिका वडा नम्बर ७ डुमकोटका ३९ वर्षीय मान बहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुन रहेका छन् । उनीहरको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad