Ad Area

महासचिव पोखरेलद्वारा दाङ क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता


घोराही, २३ असोज  । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरेल उम्मेदवारी दर्ताका लागि र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट दाङ क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएका पोखरेल यस पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमालेबाट क्षेत्र नं. २ (१) मा बलिभद्र राना र २ (२) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्युराे सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनाल र क्षेत्र नं. २ (२) मा  कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Blog Post Ad Blog Post Ad