Ad Area

दाङ क्षेत्र नं. २ मा गठबन्धनबाट शर्माको उम्मेदवारी दर्ता


घोराही, २३ असोज । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी शर्मा उम्मेदवारी दर्ताका लागि ¥यालीसहित निर्वाचनअधिकृतको कार्यालय पुग्नुभएको थियो ।

त्यसैगरी प्रदेशसभा तर्फ २ (१) बाट नेपाली कांग्रेसका लुम्विनी प्रदेश उपसभापति तथा पूर्व संविधानसभा सदस्य राजु खनाल र २(२) बाट नेपाली कांग्रेसका लुम्विनी प्रदेश सदस्य तथा प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनको सहमति क्षेत्र नं. २ प्रतिनिधिसभा माओवादी केन्द्र र प्रदेशसभा सदस्य नेपाली कांग्रेसलाई परेको थियो ।