Ad Area

सिचाई कुलोमा पहिरो, समस्यामा किसान


घोराही, २७ असोज । सिचाईको कुलो पहिरोले पुर्दा किसान समस्यामा परेका छन् । देउखुरीको लमही नगरपालिका–६ देउपुरमा रहेको अर्जुन खोला सिचाई आयोजनाको कुलो पहिरोले पुरेपछि त्यस क्षेत्रका ७ मौजाको ४ सय ७५ हेक्टर जमिनमा सिचाइको समस्या भएको छ ।

अविरल बर्षाद्का कारण परेको पानीका कारण देउपुरमा रहेको पक्की कुलो पहिरोले पुर्दा सिचाईको लागि समस्या भएको अर्जुन खोला सिचाइ उपभोक्ता समितिका अध्यक्ष भेजेन्द्र चौधरीले बताए । ‘बर्षाद्का कारण आएको पहिरोले अर्जुन खोला सिचाई आयोजनाको पक्की नहर पुरिदिएको छ । जसले हिउँदे बालीलाई ठुलो समस्या हुने भएको छ’,अध्यक्ष चौधरीले भने,‘पहिरो समयमै हटाउन नसक्ने हो भने हिउँदमा ४ सय ७५ हेक्टर जमिन सिचाईबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।’

पहिरोले आयोजनाको एक हजार मिटर पक्की नाला मध्य करिव डेढ सय मिटर पक्की नहर पुरेको अध्यक्ष चौधरीले बताए । किसानका लागि हिउँदे खेती गर्ने सिजन सुरु हुनै लाग्दा नहर पुरिएपछि किसानहरु समस्यामा परेका छन् ।

२०४५÷०४६ सालमा निर्माण भएको सिचाई आयोजनाबाट लमही नगरपालिका अन्तर्गत रहेका देउपुर, लमही, कोलही, लंग्री, खैरी, मध्यनगर र कश्यपुरलगायतका ठाउँमामा सिचाई हुने गरेको थियो । नहरमा सानो क्षती हुँदा किसानहरुले आफुै मर्मत गर्दै आएपनि अहिले धेरै नै पहिरोले पुरेका कारण किसानले मात्रै एक्कै गर्न सक्ने अवस्था नरहेको अध्यक्ष चौधरीले बताएका छन् ।

‘नहर तथा कुलोमा हुने स–साना समस्याहरु उपभोक्ताहरु मिलेर समाधान गर्दै आएका थियौ’,उनले भने,‘तर अहिले ठुलै समस्या आइप¥यो । उपभोक्ताहरुले मात्रै गर्न सक्ने अवस्था छैन ।’ किसानले मर्मत गर्नै नसक्ने गरि बर्षादले क्षेती गरेको उनले बताए । अर्जुन खोला सिचाई आयोजनाबाट करिव २५ सय बढी घरधुरीले सिचाईको सुविधा लिदै आएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad